सन्दीप र रोहित चम्किँदा कतारलाई हराउँदै नेपाल विश्वकप नजिक
सारांश
- नेपालले कतारलाई ५ रनले हराएर सन् २०२६ को विश्वकपको नजिक पुगेको छ।
- कतारका इमाल लियाङगे र जुवेर अलिले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन्।
- नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए भने रोहित पौडेलले २ विकेट लिए।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली सन् २०२६ मा आयोजना हुने विश्वकप नजिक पुगेको छ । साेमबार नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा कतारलाई ५ रनले हराएको हो ।
अल इमिरेट्स क्रिकेट मैदानमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतारले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४२ रन बनायो ।
कतारका लागि इमाल लियाङगे र जुवेर अलिले अर्धशतकीय पारी खेले । जुवेरले ५२ रन बनाउँदा इमालले ५६ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले पाँच विकेट लिए । ३ ओभर ५ बल बलिङ गरेका उनले १८ रन खर्चिए । त्यस्तै रोहित पौडेलले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको हो ।
नेपालका लागि रोहितले ५८ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २६ रन बनाउँदा गुलशन झाले १६ रनको योगदान गरे ।
कतारका लागि डेनियल आर्चर मारिया लोगइस र मिर्जा मोहम्मद बेगले ती–तीन विकेट लिए । मोहम्मद–असिम लिकात–अलि र असिम अहमदले एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण