काठमाडौँमा फल्चा निर्माण अलपत्र
सोमबार, ०३ कात्तिक २०८२, ०९ : १६
सारांश
- काठमाडौं महानगरपालिकामा यात्रु सुविधाका लागि थालिएका फल्चाहरु अधुरै छन्।
- बानेश्वर र बबरमहल लगायतका स्थानमा संरचना अलपत्र हुँदा चुनौती थपिएको छ।
- यसले महानगरको योजना, कार्यान्वयन र उत्तरदायित्वमा कमजोरी देखाएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सार्वजनिक स्थलमा यात्रुहरूको सुविधाका लागि निर्माण थालिएका विभिन्न फल्चाहरु अहिले अर्धनिर्मित र अव्यवस्थित अवस्थामा अलपत्र परेका छन्।
बानेश्वर र बबरमहल लगायतका मुख्य स्थानहरूमा काम अधुरै छोड्दा ती संरचनाहरू अहिले जनसुरक्षा, ट्राफिक व्यवस्थापन र सहरी सौन्दर्यका लागि चुनौती बन्न पुगेका छन्।
राजधानीको मुटुमै निर्माणको नाममा भइरहेको यो ढिलासुस्तीले महानगरपालिकाको योजनागत कमजोरी, कार्यान्वयनमा उदासिनता र उत्तरदायित्वको अभाव स्पष्ट देखाएको छ।
यसरी निर्माण अधुरो छाड्नाले सहरको भौतिक स्वरूप बिग्रनुका साथै आम नागरिकको सहज र सुरक्षित यात्रामा समेत बाधा पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण