काठमाडौँ महानगरमा ९ ठाउँमा छठ पर्व मनाउने व्यवस्था
आइतबार, ०९ कात्तिक २०८२, १० : ३४
सारांश
- काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्वका लागि ९ स्थान तोकेको छ।
- महानगर प्रहरी बलले भक्तजनको सुविधाका लागि छठ पर्व मनाउने व्यवस्था मिलाएको छ।
- काठमाडौं महानगरपालिकाले कमलपोखरी, गौरीघाट लगायतका स्थानहरूमा छठ पर्व मनाउन अनुमति दिएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको छठ पर्वका लागि महानगरभित्र ९ वटा स्थान तोकेको छ । भक्तजनको सुविधालाई ध्यानमा राख्दै महानगरपालिकाले यी स्थानहरूमा छठ पर्व मनाउने व्यवस्था मिलाएको महानगर प्रहरी बलले जानकारी दिएको हो ।
काठमाडौंबासीलाई छठ पर्वको लागि स्थान छनौट गरेर नगर प्रहरीले व्यवस्थापन गरिरहेको छ । महानगरका अनुसार कमलपोखरी, गौरीघाट, १४ नम्बर वडाको बोक्सीदह, बागमती दोभान, १३ नम्बर वडाको टंकेश्वर यस्तै कुमारी क्लब बल्खु, कुलेश्वरको भलिबल चौर, २० नम्बर वडाको रामघाट र बालाजु बाइसधारामा स्थान तोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण