साढे ४ घण्टामा सकियो बालुवाटार बैठक
चुनावभन्दा अगाडि भ्रष्टाचारीलाई कारबाही : जेनजी
सारांश
- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीको त्रिपक्षीय बैठक सम्पन्न भयो।
- बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल भयो।
- जेनजीहरूले सुशासन र भ्रष्टाचार नियन्त्रणको माग गर्दै चुनाव हुनुपर्ने धारणा राखे।
काठमाडौँ । सरकार,राजनीतिक दल र जेनजी सम्मिलित त्रिपक्षीय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपराह्नदेखि बसेको बैठक साढे ४ घण्टामा सकिएको हो ।
बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल केन्द्रित भएको थियो ।बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले मुलुक आफूहरूले नै बनाउनुपर्ने बताइन् ।
उनले भनिन्,'मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन।'
राजनीतिक दल र जेनजी सम्मिलित बैठकमा उनले अगाडि भनिन्,'एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुवात गरेका छौँ । आआफ्ना विचार राख्न म खुला गर्छु ।'
बैठकमा जेनजीहरुले आफ्ना मागबारे ध्यानाकर्षण गराए । जेनजीहरुले सुशासन, भ्रष्टचारीहरुलाई कारबाही लगायतका मागहरू सरकारले सम्बोधन गर्नुपर्न बताए ।
जेनजीहरुले आफूहरूलाई चुनाव चाहिएको भए पनि चुनाव मात्रै भएर नहुने बताए ।
'चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ’जेनजीहरुले बैठकमा भने ।
बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले यही स्थितिमा मुलुकले निकास नपाउने बताएको छ । बैठकपछि राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले भने,’देशले निकास पाउनुपर्छ । यही अवस्थामा देशले निकास पाउँदैन ।’
अधुरो र अपूरो क्रान्तिले देशलाई निकास दिन नसक्ने महामन्त्री गुरुङले बताए । मुलुकलाई निकास दिनका लागि उठेका सबै विषयको समाधान खोजिनुपर्ने बताउँदै उनले भने,’त्यसपछि मात्रै चुनाव हुनुपर्छ ।’
उनले अर्को विद्रोह मुलुकले भोग्न नहुने समेत बताए । दलहरूले भयरहित वातावरण भए आफूहरू निर्वाचनमा जान तयार रहेको बताए ।
बैठकमा जेनजीका तर्फबाट १३ जना प्रतिनिधि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण