मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सरोकार समितिले निर्वाचनको शान्ति सुरक्षाका विषयमा सरकारसँग जानकारी लिने

बिहीबार, १३ कात्तिक २०८२, १३ : ४४
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • संघीयता सबलीकरण समितिले प्रतिनिधिसभा निर्वाचनको शान्ति सुरक्षाबारे सरकारसँग जानकारी लिनेछ।
  • समितिले राष्ट्रियसभा निर्वाचन र बजेट कटौतीबारे पनि जानकारी लिने तयारी गरेको छ।
  • समितिका सदस्यहरूले प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभाका समितिलाई प्रभावकारी बनाउन जोड दिए।

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रतिनिधिसभाको आगामी निर्वाचनको शान्ति सुरक्षाका विषयमा सरकारसँग जानकारी लिने भएको छ । 

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका बारेमा छलफल गर्दै निर्वाचनको शान्ति सुरक्षाका विषयमा सरकारसँग छिटै जानकारी लिने तयारी गरिएको सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए । 

त्यसैगरि आगामी राष्ट्रियसभाको निर्वाचनका विषयका साथै विभिन्न आयोजनाको बजेट कटौती गर्ने सरकारको निर्णयको सम्बन्धमा समेत जानकारी लिने उनले बताए । उनले समितिको बैठकमा छलफल हुने विषयहरूलाई प्राथमिकीकरण गर्दै नयाँ कार्ययोजना आगामी बैठकले अनुमोदन गर्ने जानकारी दिए । 

सभापति शेर्पाले राष्ट्रियसभाको बैठक सञ्चालन गर्ने विषयमा राष्ट्रियसभा अध्यक्षले पहल गरिरहेको र सभापतिहरूसँग पनि छलफल भइसकेको बताए । समिति सदस्यहरूले प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभाका समितिलाई प्रभावकारी ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप