बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फ्रिजमा राख्न हुँदैन यी खानेकुरा

आइतबार, १६ कात्तिक २०८२, १३ : ४७
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • फ्रिजमा राख्दा बिग्रने खानेकुराहरूका बारेमा जानकारी दिइएको छ।
  • मह, रोटी, प्याज, आलु, लसुन र गोलभेडालाई फ्रिजमा राख्दा स्वाद बिग्रने र छिट्टै बासी हुने कुरा बताइएको छ।
  • यी खानेकुराहरूलाई कसरी भण्डारण गर्ने भन्ने सुझावहरू पनि दिइएको छ।

काठमाडौँ । फ्रिजमा ताजा खानेकुरा राख्दा यो लामो समयसम्म ताजा रहन्छ भन्ने आम बुझाइ छ । तर सधैँ यस्तो हुँदैन । 

फ्रिजमा राख्दा केही खानेकुराको स्वाद, बनावट र ‘सेल्फ लाइफ’ बिग्रन सक्छ । फ्रिजमा राखेको गोलभेँडाको स्वाद फरक भएको वा रोटी चाँडै बिग्रिएको कहिल्यै याद गर्नुभएको छ ? आजको यस लेखमा हामी फ्रिजमा राख्न नहुने केही खानेकुराबारे कुराकानी गर्नेछौँ ।

मह: महलाई फ्रिजमा राख्दा यो जम्न थाल्छ र गाढा हुन्छ । मह स्वाभाविक रूपमा लामो समयसम्म बिग्रँदैन । यसको स्वाद जोगाउन यसलाई फ्रिजमा होइन हावा नछिर्ने बट्टामा चिसो, सुख्खा ठाउँमा राख्नुस् ।

रोटीः रोटीलाई फ्रिजमा राख्दा यो लामो समयसम्म बिग्रिँदैन भन्ने सोचाई धेरै जनामा पाइन्छ । फ्रिजमा राख्दा रोटी छिटै सुक्छ अनि बासी हुन सक्छ । यसलाई कोठाको तापक्रममा ब्रेड बक्स वा मलमलका कपडामा बेरेर राख्नुहोस् । लामो समयसम्म राख्ने हो भने फ्रिजरमा राखेर आवश्यक पर्दा टोस्ट गर्नुस् ।

प्याज: फ्रिजको आर्द्रता प्याजको लागि हानिकारक हुन्छ । फ्रिजमा राख्दा प्याज गिलो र नरम हुन्छ, ढुसी पलाउँछ । त्यसैले प्याजलाई सधैँ हावा आवतजावत हुने ठाउँमा भण्डार गर्नुहोस् । प्याजलाई आलुसँगै नराख्नुहोला । यसरी राख्दा प्याज चाँडै बिग्रन्छन् ।

आलुः फ्रिजको चिसोमा आलुको स्टार्च चाँडै चिनीमा परिणत हुन्छ, जसले गर्दा यसको स्वाद र बनावट दुवै परिवर्तन हुन्छ । अनि यो आलुलाई पकाउँदा अलि बढी नै गुलियो हुन्छ । आलुलाई भान्साको पेन्ट्री वा टोकरी जस्ता अँध्यारो ठाउँमा राख्नुहोस् ।

लसुनः फ्रिजको तापक्रमले लसुन चाँडै टुसाउँछ र यसको स्वाद घटाउँछ । लुसनलाई सुख्खा र हावा लाग्ने ठाउँमा राख्नुहोस् ।

गोलभेडाः गोलभेँडा फ्रिजमा राख्दा यसको मौलिक स्वाद गुम्छ अनि नरम वा दानादार पनि हुन सक्छ । त्यसकारण, यसलाई चिसो, हावा लाग्ने ठाउँमा राख्नुहोस् ताकि तिनीहरू प्राकृतिक रूपमा बिस्तारै पाकुन् ।

तपाईंले पनि माथि भनिएका वस्तुहरूलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्नुभएको छ भने यो काम आजैदेखि बन्द गर्नुहोस् यसो गर्दा यी खाद्य वस्तुको स्वाद सुरक्षित रहनेछ अनि चाँडै पनि बिग्रने छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप