जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ
सारांश
- विभिन्न जिल्लाहरूबाट ३५ जना जुवाडेहरू पक्राउ परेका छन्, जसमा काठमाडौं, कञ्चनपुर, झापा र कास्कीका व्यक्तिहरू छन्।
- काठमाडौंको चन्द्रागिरीमा ६ जना, कञ्चनपुरमा १२ जना, झापामा १० जना र कास्कीमा ७ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।
- प्रहरीले उनीहरूबाट नगद, कौडा र तास बरामद गरेको छ, र घटनाहरूको अनुसन्धान भइरहेको छ।
काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा विभिन्न जिल्लाबाट ३५ जना पक्राउ परेका छन् । काठमाडौँ, कञ्चनपुर, झापा लगायतका जिल्लाबाट ३५ जना जुवाडे पक्राउ परेका हुन् ।
काठमाडौँको चन्द्रागिरी नगरपालिका–६ महादेवस्थानस्थित सरिता गिरीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सरिता समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेना बस्ने ३० वर्षीय रोहित नाथको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा रोहित समेत १२ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
त्यसैगरी झापाको गौरादह नगरपालिका–५ स्कुलचौन बजार बस्ने ३८ वर्षीय दिलबहादुर मगरले सञ्चालन गरेको सत्कार होटलमा जुवातास खेलिरहेको अवस्थामा दिलबहादुर समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ९ सय ६० रुपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–२५ स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा माछापुच्छ्रे गाउँपालिका–१ बस्ने ४८ वर्षीय ओम गुरुङसमेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार २ सय ७५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण