सीके राउतको रिटमा सुनुवाइका लागि पेसी तोकियो
सारांश
- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दल विभाजन रोक्न माग गर्दै रिट दायर गरेका छन्।
- सर्वोच्च अदालतले रिटमा सुनुवाइका लागि पेशी तोकेको छ, जसले पार्टी विभाजनको मुद्दालाई सम्बोधन गर्नेछ।
- अदालतले यसअघि दल दर्ताको प्रक्रियालाई यथास्थितिमा राख्न आदेश दिएको थियो।
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले दल विभाजन रोक्न माग गर्दै दिएको रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
यसअघि राउतको रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अहिलेसम्म भएका निर्णय यथास्थितिमा राख्न आदेश गरेको हो । छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश भएको थियो ।
दुवै पक्षको बहस सुनेपछि सर्वोच्चले आज यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने भन्ने विषयमा निर्णय गर्नेछ ।
राउतले रिटमा अलग्गै दल दर्ता गराउन दिएको निवेदन अघि नबढाउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरेका थिए । राउत नेतृत्वको जनमत पार्टी विभाजित भएर एउटा पक्षले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो ।
उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण