थापालाई सिटौलाको प्रश्न – फेसबुकबाट सभापति छान्ने हो ?
सारांश
- कृष्णप्रसाद सिटौलाले महामन्त्री गगन थापालाई फेसबुकबाट पार्टी सभापति छान्ने हो भनी प्रश्न गरे।
- सिटौलाले थापालाई सामाजिक सञ्जालमा लेखेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाए, र सचिवालय बन्द गर्न चेतावनी दिए।
- सिटौलाले थापालाई आफ्नो चरित्र सुधार्न र बैठकका कुरा बाहिर सामाजिक सञ्जालमा नराख्न सुझाव दिए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महामन्त्री गगन थापालाई फेसबुकबाट पार्टी सभापति छान्ने हो भन्दै प्रश्न गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सिटौलाले थापालाई प्रश्न गर्दै भने, ‘सामाजिक सञ्जाल फेसबुकमा लेखेर पार्टी कब्जा गर्न खोजेको हो ? फेसबुकबाट सभापति छान्ने हो ।’
सिटौलाले महामन्त्री थापालाई फेसबुकमा नेतालाई गाली गर्ने सचिवालय बन्द गर्न पनि चेतावनी दिए । आफ्नो चरित्र नसुधारे प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने सिटौलाले बताए ।
आफूले गर्नुपर्ने कुरा बैठकमा भित्र राख्न र बाहिर सामाजिक सञ्जालमा छताछुल्ल अवस्थामा नराख्न सिटौलाले सुझाए । ‘आफ्नो चरित्र सुधार्नुस् । भित्र नबोल्ने, बाहिर गएर फेसबुकमा लेख्न लगाउने ? के पारा हो,’ सिटौलाले भने, ‘तपाईं आफू महामन्त्री हो भन्ने कुरा थाहा छ कि छैन ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण