इन्सास र पेस्तोलसहित पक्राउ परे पठाओ राइडर
बुधबार, १९ कात्तिक २०८२, १७ : ३९
सारांश
- प्रहरीले जेनजी प्रदर्शनमा लुटपाट भएको हतियारसहित एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा २३ वर्षीय शिवराज धमला छन्, जो पठाओ चालक हुन्।
- प्रहरीले धमलाको डेराबाट इन्सास, सटगन र पेस्तोल बरामद गरेको छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा लुटपाट भएको इन्सास समेतका ३ थान हतियारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय शिवराज धमला छन् ।
उनलाई बालाजुबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।

उनको डेराबाट प्रहरीले इन्सास, सटगन र पेस्तोल बरामद गरेको छ । आरोपी पठाओ चालक हुन् । सो हतियार जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा प्रहरीबाट लुटेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । त्यसबारे अनुसन्धान भइरहेको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण