गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीको घर निरीक्षण, निर्वाचन तयारीबारे चासो
बिहीबार, २० कात्तिक २०८२, १३ : १३
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासको निरीक्षण गरे।
- आगजनीबाट क्षति पुगेको घरको निरीक्षण गर्दै क्षतिको विवरण लिइयो।
- भेटमा पूर्वराष्ट्रपति भण्डारीले आगामी निर्वाचनको तयारीबारे चासो व्यक्त गरिन्।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार काठमाडौँको चपलीस्थित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासको निरीक्षण गरेका छन्।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको भण्डारीको घरको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले क्षतिको विवरण लिएका थिए।

सो निरीक्षणलगत्तै गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीसँग भेटेर छलफलसमेत गरे। छलफलका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका बारेमा गृहमन्त्रीसँग चासो व्यक्त गरेकी थिइन्।
यसअघि गृहमन्त्री अर्यालले काठमाडौँको बोहोराटारस्थित वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको घरको पनि निरीक्षण गरेका थिए भने पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण