बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

महाधिवेशन विवादबारे डा. शेखर कोइरालाले गरे जिल्ला सभापतिहरूसँग छलफल

शुक्रबार, २१ कात्तिक २०८२, ११ : २८
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • डा. शेखर कोइरालाले पार्टीभित्रको विवादबारे काठमाडौँमा जिल्ला सभापतिहरूसँग छलफल गरे।
  • उनले पार्टीको १५ औं महाधिवेशनबारे दुई कार्यतालिका र मिलनबिन्दुबारे छलफल गरे।
  • छलफलमा सहभागीहरूले आगामी निर्वाचनलाई ध्यानमा राखी सहमतिमा महाधिवेशन गर्न सुझाव दिए।

काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहका नेता डा.शेखर कोइरालाले काठमाडौँमा उपलब्ध पार्टीका जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँग पार्टीभित्र देखिएको विवादबारे छलफल गरेका छन् ।

आफ्नो सम्पर्क कार्यालय विशाल नगरमा नेता कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा पेस भएका पार्टीको १५ औँ महाधिवेशनबारे दुई कार्यतालिका र त्यसको मिलनबिन्दु के हुनसक्छ भन्नेबारे छलफल गरेका हुन् ।

गत मंगलबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ देखि ३० गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए ।

ती कार्यतालिकाबारे केन्द्रीय समितिमा बहस भइरहेका बेला नेता डा.कोइरालाले कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेका उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । 

Shekhar bhela 2

छलफलमा केन्द्रीय सदस्यहरू प्रा.डा.गोविन्दराज पोख्रेल र टेकप्रसाद गुरुङ पनि उपस्थित थिए । त्यस्तै मोरङ सभापति डिगबहादुर लिम्बू, रुपन्देही सभापति रामकृष्ण खाँण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई, चितवन सभापति राजेश्वर खनाल, सिन्धुलीको उज्ज्वल बरालसहित उपस्थित थिए ।

भेलामा गुल्मीका पूर्वसभापति त्रैलोक्यप्रसाद सेन, कास्कीका पूर्वसभापति यज्ञबहादुर थापासहितका नेताहरू पुगेका थिए । भेलाका सहभागीहरूले आगामी निर्वाचनलाई ख्याल राखेर सहमतिमा नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न सुझाएका थिए ।

रुपन्देही सभापति खाणका अनुसार धेरै सभापतिहरूले आगामी पुसभित्र नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा नेता कोइरालाले धारणा राख्नुपर्ने बताएका थिए । महामन्त्री थापाले केन्द्रीय समितिमा पेस गरेको कार्यतालिका अपूर्ण रहेको भन्दै पूर्ण कार्यतालिका ल्याउनुपर्ने सभापतिहरूको भनाइ थियो । 

थापाले तीन तहको मात्रै महाधिवेशन गर्ने कार्यतालिका पेस गरेको भन्दै सबै तहको अधिवेशन हुने सुनिश्चित कार्यतालिकामा गरिनुपर्ने धारणा केन्द्रीय समितिमा राख्न सभापतिहरूले कोइरालालाई सुझाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप