दिल्ली विस्फोटमा मोदीद्वारा दुःख व्यक्त
सारांश
- प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लाल किल्ला नजिकै भएको कार विस्फोटमा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरे।
- गृहमन्त्री अमित शाहले विस्फोट लाल किल्ला नजिकै साँझ ७ बजेतिर भएको र केही व्यक्ति घाइते भएको जानकारी दिए।
- विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको छ र अनुसन्धान जारी छ।
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको लाल किल्ला नजिकै भएको कार विस्फोटमा ज्यान गुमाएकाहरूप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै घटनाको अवस्थाबारे गृहमन्त्री अमित शाहसँग समीक्षा गरेको बताएका छन्।
मोदीले आफ्नो पोस्टमा भनेका छन्, ‘आज साँझ दिल्लीमा भएको विस्फोटमा आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति समवेदना। म घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। अधिकारीहरूले यो विस्फोटबाट प्रभावित भएका मानिसहरूलाई सहयोग गरिरहेका छन्।’
उनले थप जानकारी दिँदै, ‘मैले गृहमन्त्री अमित शाहजी र अन्य अधिकारीहरूसँग स्थितिको समीक्षा गरिसकेको छु।’
यसअघि केन्द्रीय गृहमन्त्री अमित शाहले घटनाको प्रारम्भिक विवरण सार्वजनिक गरेका थिए। शाहका अनुसार, ‘सोमबार साँझ करिब ७ बजेतिर, लाल किल्ला नजिकै सुभाष मार्ग ट्राफिक सिग्नलमा एउटा आई–२० गाडीमा ब्लास्ट भएको छ।’
उनले भने, ‘ब्लास्टका कारण आसपासका केही गाडीहरू र बाटोमा हिँडिरहेका केही मानिसहरू घाइते भएको सूचना मिलेको छ। सुरुवाती जानकारीमा मानिसहरू हताहत पनि भएका छन्।’
प्रारम्भिक रिपोर्टहरू अनुसार यस विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। दिल्ली प्रहरीले घटनाको कारण पत्ता लगाउन राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआई) सहित अन्य सुरक्षा एजेन्सीहरूसँग मिलेर अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण