निर्वाचनमार्फत अहङ्कारी र असफल नेतातन्त्रलाई जरैदेखि फाल्नुपर्छ: प्रगतिशील राष्ट्रिय अभियान
सारांश
- जनार्दन शर्माको अभियानले नैतिकहीन र अहङ्कारी नेताहरूलाई निर्वाचनबाट हटाउन आह्वान गरेको छ।
- अभियानका नेता सुदन किरातीले असफल नेताहरूलाई फालेर राजनीतिक पुनर्संरचना गर्नुपर्ने बताए।
- अभियानले भ्रष्टाचार, विभेद र असमानताका विरुद्ध जनपरिचालन गर्ने तयारी गरेको छ।
काठमाडौँ । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय जागरण अभियानले नैतिकहीन र अहङ्कारी नेताहरूलाई आगामी निर्वाचनमार्फत जरैदेखि उखेलेर फाल्नुपर्ने बताएको छ ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानका नेता सुदन किरातीले ‘असफल’ भइसकेका सबै नेताहरूलाई फालेर राजनीतिक पुनर्संरचना गर्न आवश्यक रहेको बताए ।
‘नैतिकहीन अहङ्कारी नेताहरूलाई आगामी निर्वाचनमा जरैदेखि उखेलेर फाल्न आह्वान गर्दछौँ । देश र विदेशमा रहेका वामपन्थी प्रगतिशील अभियानमा जोडिन समेत आग्रह गर्दछौँ’, पत्रकार सम्मेलनमा किरातीले भने ।
उनले भ्रष्टाचार र नेतातन्त्रविरुद्ध अभियान जनपरिचालन तयारीमा रहेको पनि जानकारी दिए ।
सो क्रममा उनले अभियानको ७ बुँदे आह्वान समेत सार्वजनिक गरे, जुन यस प्रकार छ–
१. भ्रष्टाचार विभेद र असमानताका मुख्य शत्रुमाथि विजय प्राप्त गरौँ ।
२. सांस्कृतिक समानतामा आधारित समाज निर्माण गरौँ ।
३. नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गरौँ ।
४. सबै अग्रगामी आन्दोलनका सहिद घाइते, बेपत्ता योद्धाहरूको सपना पूरा गरौँ ।
५. जुनसुकै मूल्यमा निर्वाचनलाई सफल पारौँ । जनताको एकताको बलमा अहङ्कारी र असफल नेताहरूलाई सदाका निम्ति बिदा गरौँ ।
६. देशभित्र र बाहिर रहेका नेपालीहरूले सबै तहका प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गरौँ ।
७. जेनजी विद्रोहबाट स्थापित मुद्दाहरूलाई यथाशीघ्र पुरा गर्न गराउन चौतर्फी सक्रिय बनौँ । सुदृढ राष्ट्र सभ्य नागरिक बदलिँदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेन्डा सहित राजनीतिक पुनर्संरचना पुरा गर्ने प्रतिबद्ध हौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण