दल विभाजन रोक्न माग गर्दै दायर रिटमा सीके राउतको पक्षमा फैसला
सारांश
- सर्वोच्च अदालतले जनमत पार्टी विभाजन भई बनेको जनस्वराज पार्टीलाई असंवैधानिक ठहर गर्यो।
- सीके राउतको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले जनस्वराज पार्टी दर्ताको प्रक्रिया रोक्न आदेश दिएको हो।
- जनमत पार्टीका उपाध्यक्ष दीपक साहको नेतृत्वमा नयाँ दल दर्ताको प्रयास भएको थियो।
काठमाडौँ । जनमत पार्टीको दल विभाजन रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चको पूर्ण इजलासले सीके राउतको पक्षमा फैसला सुनाएको छ ।
सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र मेघराज पोखरेलको पूर्ण इजलासले बिहीबार जनमत पार्टी विभाजन भई गठन भएको जनस्वराज पार्टी असंवैधानिक भएको ठहर गरेको छ ।
यसअघि राउतको रिटमा अन्तरिम आदेश जारी भएको थियो । राउत नेतृत्वको जनमत पार्टी विभाजित भएर एउटा पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सो विरुद्ध रिट सर्वोच्चमा पुगेको हो ।
राउतले रिटमा अलग्गै दल दर्ता गराउन दिएको निवेदन अघि नबढाउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । राउतले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएका छन् ।
उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुले निर्वाचन अयोगमा पुगेर जनस्वराज नामको पार्टी दर्ता गर्न निवेदन दिए पनि सर्वोच्चले दल दर्तालाई यथास्थितिमा राख्नु भनेपछि सनाखत हुन बाँकी थियो ।
उपाध्यक्ष अब्दुल खान यसअघि नै जनमत पार्टीबाट अलग भएका थिए । जनमत पार्टीमा ५२ जना केन्द्रीय कार्यकारिणी सदस्य छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनमतले ६ सिट जितेको थियो । राष्ट्रिय पार्टी बनेको जनमतले मधेस प्रदेश सरकारको नेतृत्व समेत गरिरहेको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण