अन्नपूर्णमा टोल टोलमा पुगेर स्वास्थ्य परीक्षण
सारांश
- अन्नपूर्ण गाउँपालिकाले टोल-टोलमा स्वास्थ्य परीक्षण सुरु गरेको छ, जसले ज्येष्ठ नागरिक, बालबालिका र विपन्नलाई लक्षित गरेको छ।
- स्वास्थ्यकर्मीहरूले सुगर र प्रेसर परीक्षणका साथै निःशुल्क औषधि र परामर्श सेवा प्रदान गर्छन्, र थप उपचारका लागि अस्पताल पठाउँछन्।
- गाउँपालिकाले घरमा प्रसूति हुनेको संख्यालाई शून्यमा झार्न सफल भएको छ, जसले सुरक्षित मातृत्व सेवालाई बढावा दिएको छ।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ । स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ नभएको टोलमा पुगेर रोग पहिचानका लागि स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गरेका हुन् ।
गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले हरेक महिना स्वास्थ्यकर्मीहरू प्रत्येक टोलमा पुगेर सुगर (चिनीरोग) र प्रेसर (रक्तचाप)को परीक्षण गर्ने व्यवस्था मिलाएको जानकारी दिए ।
“ज्येष्ठ नागरिक, बालबालिका र विपन्नहरूलाई लक्षित गरेर स्वास्थ्यकर्मी टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको हो”, उनले भने, “रोगको पहिचान गरी उपचारको पहुँचमा ल्याउन टोलटोलमा स्वास्थ्यकर्मी कार्यक्रम प्रभावकारी बनेको छ ।”
गत आर्थिक वर्षमा यो कार्यक्रमबाट एक हजार २०० जना लाभान्वित भएका थिए । परीक्षणका लागि सुरु गरेको कार्यक्रम प्रभावकारी बनेपछि यस वर्ष पनि आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मीलाई टोलटोलमा परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख बरुवालले बताए ।
स्वास्थ्य संस्थामा पाइने औषधि लिएर टोलमा पुग्ने स्वास्थ्यकर्मीहरूले परामर्शका साथै निःशुल्क औषधि उपलब्ध गराउने गरेका छन् । परीक्षणका क्रममा समस्या देखिएकालाई थप उपचारका लागि अस्पताल जान सुझाउने गर्छन् । टोलमा पुग्ने स्वास्थ्यकर्मीले बच्चाहरूलाई खोप, गर्भवती र नवजात शिशुको तौल पनि लिने गरेका छन् ।
टोलमै सेवा पाउँदा समयको बचत र उपचारमा सहज पहुँच स्थापित भएको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतकी वीनाकुमारी तिलिजाले बताए । आठ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा आठ वटा स्वास्थ्यचौकी, छ वटा सामुदायिक स्वास्थ्य एकाइ र दानामा आयुर्वेद स्वास्थ्य केन्द्र छ ।
छरिएका बस्तीहरू रहेको र स्वास्थ्यचौकी तथा एकाइमा पुग्न घण्टौँ हिँड्नुपर्ने टोलमा स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । तोकिएको समयमा गर्भ परीक्षण र संस्थागत प्रसूति हुनेलाई घरमै पुगेर भाले उपहार दिने गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार दोस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ । यहाँ आव २०८१/०८२ मा ७९ र २०८०र८१ मा ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । आव २०७९/८० मा १३९ मध्ये १३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण