बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सुतिसकेका दुर्गा प्रसाईं पक्राउ परेपछि...

मङ्गलबार, ०२ मङ्सिर २०८२, ०१ : ३८
मङ्गलबार, ०२ मङ्सिर २०८२

सारांश

  • सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै दुर्गा प्रसाईं पक्राउ परेका छन्।
  • प्रहरीले उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याएको छ।
  • प्रसाईं मङ्सिर ७ देखि आन्दोलनको घोषणा गरेका थिए र हिंसा भड्काउन सक्ने आशंका गरिएको छ।

काठमाडौँ । सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनका एक निकटस्थ सहयोगीका अनुसार सुतिसकेका प्रसाईंलाई पक्राउ गर्न प्रहरी टोली साेमबार मध्यराति निवासमा पुगेको थियो । 

निवासमा प्रवेश गरेर उनलाई प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याइएको एक प्रहरी अधिकृतले जानकारी दिए । 

निवास परिसरबाट उनलाई निकाल्दै गरिएको एक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा प्रसाईंले केही बोलेको सुनिन्छ । उनले आफू गाडी चढ्दै गरेको खिच्न कसैलाई भनिरहेको सुन्न सकिन्छ । मङ्सिर ७ देखि आन्दोलनको घोषणा गरेका उनले हिंसा भड्काउन सक्ने आशङ्कासहित पक्राउ परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप