लेबनानको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा, १३ को मृत्यु
सारांश
- दक्षिणी लेबनानको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण हुँदा १३ जनाको मृत्यु भयो र धेरै घाइते भए।
- इजरायली सेनाले हमासको ट्रेनिङ कम्पाउन्डलाई निशाना बनाएको दाबी गरे पनि लेबनानले खेलमैदानमा आक्रमण भएको आरोप लगाएको छ।
- यो आक्रमण इजरायल-हिज्बुल्लाह युद्धविरामपछिको लेबनानमाथिको सबैभन्दा घातक हमला हो।
काठमाडौँ । दक्षिणी लेबनानको ऐन-अल-हिलवे शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा १३ जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन्। यो आक्रमण गत वर्ष इजरायल–हिज्बुल्लाह युद्धपछि लागू भएको युद्धविरामपछिको लेबनानमाथिको सबैभन्दा घातक हमला मानिएको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली ड्रोनले सिदोन बाहिरी क्षेत्रमा अवस्थित एक मस्जिदको पार्किङ क्षेत्रमा पार्क गरिएको कारलाई निशाना बनाएको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयले ११ जनाको मृत्यु भएको पुष्टि गरेको छ। घटनास्थलमा पुगेका पत्रकारहरूलाई भने लेबनानी लडाकुहरू रोकिरहेका थिए।
इजरायली सेनाले आफूले हमासद्वारा प्रयोग हुने “ट्रेनिङ कम्पाउन्ड” मा प्रहार गरेको दाबी गरेको छ, जहाँबाट इजरायलमाथि हमला गर्ने तयारी भइरहेको थियो। तर लेबनानी आरोप अस्वीकार गर्दै आक्रमण खेलमैदानमा भएको र यसलाई “जघन्य अपराध” भन्दै निन्दा गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण