विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिसम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा
सारांश
- यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति सम्बन्धी मुद्दा हेर्न नभ्याइने भएको छ।
- उच्च अदालत पाटनमा यूएस बंगला विमान कम्पनीले जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध मुद्दा दायर गरेको थियो।
- जिल्ला अदालतले क्षतिपूर्ति तिराउने फैसला गरेपछि विमान कम्पनी उच्च अदालत गएको हो।
काठमाडौँ । यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति सम्बन्धी मुद्दा हेर्न नभ्याइने भएको छ । उच्च अदालत पाटनमा यूएस बंगला विमान कम्पनीले जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्धको मुद्दा १० नम्बर पेसी सूचीमा रहेको थियो ।
एयरलाइन्सले दायर गरेको निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र कृष्णमुरारी शिवाकोटीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । रिलायन्स स्पिनिङ मिल्सको मुद्दामा सुनुवाइ लम्बिने भएपछि पेसी सूचीमा परेका अन्य मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको हो ।
जिल्ला अदालतले क्षतिपूर्ति तिराउने फैसलाविरुद्ध कम्पनीका तर्फबाट तेजेन्द्र गिरीले गत भदौ १५ गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए । जिल्ला अदालत काठमाडौँले दुर्घटनामा ज्यान गुमाएका १७ परिवारले क्षतिपूर्ति पाउनुपर्ने पक्षमा फैसला गरेपछि विमान कम्पनी उच्च अदालत पुगेको हो ।
२०७४ फागुन २८ गते (सन् २०१८ मार्च १२) गते काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यूएस बंगला एयरलाइन्सको विमान दुर्घटना भएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले फैसला गरेको थियो ।
क्षतिपूर्ति मृतकको पृष्ठभूमि र उमेर हेरेर तय गरिएको छ । सो दुर्घटनामा ज्यान गुमाएका बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्दै गरेका विद्यार्थीहरूको हकमा १ लाख ७० हजार ३८२ अमेरिकी डलर अर्थात् २ करोड ३४ लाख रुपैयाँ र एमबीबीएस डाक्टरको हकमा १ लाख ७९ हजार ४१८ अमेरिकी डलर (२ करोड ४७ लाख ३२ हजार रुपैयाँ) तिर्नुपर्ने फैसलामा भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण