नयाँ १० दलले पाए प्रमाणपत्र, ३० दल प्रक्रियामा
सारांश
- आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नयाँ १० दलले प्रमाणपत्र पाएका छन्।
- निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म दल दर्ताका लागि आह्वान गरेको थियो।
- प्रवक्ताका अनुसार, ३० दल प्रमाणपत्रका लागि प्रक्रियामा छन् र उनीहरूले निर्वाचनमा भाग लिन सक्नेछन्।
काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि निवेदन दिएकामध्ये नयाँ १० दलले प्रमाणपत्र पाएका छन् । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म दल दर्ता प्रमाणपत्रका लागि आह्वान गरेको थियो ।
३७ दलले निवेदन दिएकोमा १० दलले प्रमाणपत्र पाएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार ३० दल प्रमाणपत्रका लागि प्रक्रियामा रहेका छन् । उनीहरूले एक दुई दिनभित्र प्रक्रिया पुरा गरे निर्वाचनमा भाग लिन सक्ने स्पष्ट पारे ।
‘हामीले दल दर्ता प्रमाणपत्र प्रयोजनका लागि कात्तिक ३० गतेसम्म निवेदन दिन आह्वान दिएका थियौँ । त्यस अवधिमा आयोगमा दर्ता भएका पुराना सात दल खारेज भएपनि नयाँ १० दलले प्रमाणपत्र पाएका छन् । बाँकी दलले एक दुई दिनभित्र प्रक्रिया पुरा गरे आगामी निर्वाचन प्रयोजनका लागि भाग लिन सक्छन्’, रातोपाटीसँग उनले भने ।
निर्वाचन प्रयोजनका लागि आयोगले मंसिर १ देखि १० गतेसम्म दल दर्ता समय तोकेको छ । यसअघि आयोगमा १२२ दल दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण