इजरायली सेनाको हवाई आक्रमणमा गाजामा २२ प्यालेटिनीको मृत्यु
सारांश
- गाजाको उत्तर र मध्य क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा २२ प्यालेटिनीको मृत्यु भएको छ।
- शनिबार आवासीय क्षेत्रसहित पाँच स्थानमा आक्रमण भएको थियो, जसमा हमासका एक वरिष्ठ कमान्डरको मृत्यु भयो।
- इजरायली सेनाले गाजामा भएको घटनासँग सम्बन्धित स्थानलाई निशाना बनाएको बताएको छ, र हमासले यसको विरोध गरेको छ।
रफाह । गाजाको उत्तर र मध्य क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा २२ प्यालेटिनीको मृत्यु भएको छ । हमासका मेडिकल तथा नागरिक रक्षा अधिकारीहरूले यो जानकारी दिएका हुन् ।
शनिबार आवासीय क्षेत्रसहित पाँच थानमा आक्रमण भएको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा हमासका एक वरिष्ठ कमान्डर समेत रहेको स्थानीय स्रोतहरूले भनेको छ ।
आफ्ना सेनाले गाजामा शनिबार भएको एउटा घटनासँग सम्बन्धित स्थानलाई निशाना बनाएको इजरायली रक्षा बलले भनेको छ । सेनाका अनुसार एक सशर्त व्यक्तिले गाजापट्टीको पहेँलो रेखा पार गरेर इजरायलको नियन्त्रणमा रहेको क्षेत्रमा प्रवेश गरेर सैनिकहरूमाथि गोली चलाएका थिए ।
हमासले यो आरोप अवीका गरेको छ । दुवै पक्षले छ हप्ता अघि भएको युद्धविाम सम्झौता उल्लङ्घन गरेको आरोप एक अर्कालाई लगाइरहेका छन् । युद्धविराम लागू भएदेखि इजरायली आक्रमणमा परेर ३१० भन्दा बढी प्यालेटिनीको मृत्यु भइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण