१० बजे १० समाचार : प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, टुक्रियो जसपा
आज मिति २०८२ साल मंसिर महिनाको ७ गते आइबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘१० बजे १० समाचार’ लिएर आएका छौँ–
१.प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।
२. रिहा भए दुर्गा प्रसाईँ
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ रिहा भएका छन् । आइतबार डा। नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएपछि प्रसाईँ रिहा भएका हुन् ।
३. टुक्रियो जसपा
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल टुक्रिएको छ । संघीय परिषद् अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठसहितका ६ नेताले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकीकरण गर्ने घोषणा गरेका छन् ।
४. भन्सार विभाग तथ्यांक
चालु आर्थिक वर्षको ४ महिनामा (साउनदेखि कात्तिकसम्म) ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा १८.७१ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोडको आयात भएको थियो ।
५. नेकपाको केन्द्रीय संयोजन समिति
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्य संयोजन समिति सहमतिका आधारमा चयन गरिने भएको छ । कात्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वाम घटक मिलेर नेकपा गठन भएको थियो ।
६. एमाले महाधिवेशन
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने महाधिवेशनका लागि एमालेले मंसिर १३ गते एकैदिन २ हजार १ सयभन्दा बढी प्रतिनिधिहरु छनोट गर्दैछ ।
७. दल दर्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार साँझ साढे ५ बजेसम्म ५६ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाका लागि ५६ र राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएका हुन् ।
८. तीन दलबिच सहमति
आइतबार अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबिच जाँतो (चकिया) लिएर निर्वाचन लड्ने सहमति भएको छ ।
९. रोकियो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
सरकारले पठाएको दुई अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएको छ । सरकारले गत मंसिर २ गते विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पठाएको थियो ।
१०. सशस्त्र प्रहरीमा डीआईजीको दरबन्दी थपिएपछि असन्तुष्टि
सशस्त्र प्रहरी बलमा डीआईजीको दरबन्दी थपिएपछि संगठनभित्र असन्तुष्टि देखिएको छ, विशेष गरी कानुन उपसमूहमा डीआईजी राख्ने निर्णयको विरोध भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण