जेनेस सलुशनले ओमान डेटा पार्कसँग साइबर सुरक्षा तथा सफ्टवेयर इन्जिनियरिङ क्षेत्रमा सहकार्य गर्ने
सारांश
- जेनेस सलुशन र ओमान डेटा पार्कबीच क्लाउड ट्रान्सफर्मेसन, एआई, साइबर सुरक्षा र सफ्टवेयर इन्जिनियरिङमा सहकार्य हुने सम्झौता भएको छ।
- सम्झौताअनुसार, दुवै कम्पनीले क्लाउड सेन्टर अफ एक्सिलेन्स प्रवर्द्धन गर्ने र एआई समाधान विकास गर्नेछन्।
- यस साझेदारीले नेपाली टेक प्रतिभालाई अन्तर्राष्ट्रिय परियोजनामा काम गर्ने अवसर प्रदान गर्नेछ।
काठमाडौँ । युकेमा मुख्यालय रहेको गुणवत्तापूर्ण आईटी तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन तथा ओमान डेटा पार्कबीच क्लाउड ट्रान्सफर्मेसन, कृत्रिम बुद्धिमत्ता (एआई) समाधान, साइबर सुरक्षा सेवा तथा सफ्टवेयर इन्जिनियरिङको क्षेत्रमा संयुक्त रूपमा काम गर्ने विषयमा एक सहमति भएको छ।
सोमबार मस्कटस्थित ओमान डेटा पार्कको मुख्यालयमा आयोजित एक समारोहमा जेनेस सलुशनका संस्थापक तथा सीइओ अञ्जनी फुयाँल र ओमान डेटा पार्क (ओडीपी) का सीइओ मकबुल अल–वाहैबीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
“हामीले जेनेस सलुशनसँग क्लाउड कम्प्युटिङ, एआई, साइबर सुरक्षा र सफ्टवेयर विकासका क्षेत्रमा सहकार्य सुदृढ गर्न औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर गरेका छौँ। यो साझेदारीले जेनेसको विश्वव्यापी विशेषज्ञता र हाम्रो स्थानीय रूपमा होस्ट गरिएको सुरक्षित पूर्वाधारलाई एकीकृत गर्दै ओमान तथा क्षेत्रीय स्तरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्नेछ,” ओमान डेटा पार्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। “साथै, हामीले मिलेर क्लाउड सेन्टर अफ एक्सिलेन्सलाई प्रवर्द्धन गर्नेछौँ, संयुक्त रूपमा एआई समाधान विकास गर्नेछौँ र स्थानीय तथा क्षेत्रीय बजारमा नयाँ सम्भावनाहरू खोल्नेछौँ।”
जेनेस सलुशनका सीइओ फुयाँलका अनुसार यस साझेदारीमार्फत जेनेस सलुशनले क्लाउड रूपान्तरण, एआई, साइबर सुरक्षा तथा सफ्टवेयर इन्जिनियरिङका क्षेत्रमा आफ्नो विश्वव्यापी अनुभव प्रयोग गरी ओमान डेटा पार्कको दक्षता अझ मजबुत बनाउने छ। “हामी ओमान डेटा पार्कको क्लाउड सेन्टर अफ एक्सिलेन्सलाई उन्नत गर्ने, नयाँ समाधानहरू विकास गर्ने र ओमान लगायत अन्य मुलुकका ग्राहकहरूलाई अझ उन्नत, विस्तार गर्न मिल्ने सेवा प्रदान गर्न मद्दत गर्नेछौँ,” उनले भने।
नेपालको सन्दर्भमा यो साझेदारीले जेनेसको विश्वव्यापी उपस्थिति झनै सुदृढ हुनुका साथै सीमापार सहकार्यका नयाँ ढोका खोल्नेछ। “यसले नेपालका टेक प्रतिभाहरूलाई उच्च मूल्यका अन्तर्राष्ट्रिय परियोजनामा काम गर्ने अवसर मिलाउनेछ, क्लाउड र एआई सेवामा नेपाली क्षमता बलियो बनाउनेछ र नेपाललाई विश्व मञ्चमा डिजिटल विशेषज्ञताको उदाउँदो केन्द्रका रूपमा प्रस्तुत गर्नेछ,” युके तथा आयरल्यान्डका लागि अमेजन वेब सर्भिसेज (एडब्लुएस) एम्ब्यासडर समेत रहेका फुयाँलले भने।
सन् २०१६ मा स्थापना भएको जेनेस सलुशन एक सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी हो, जसले विश्वभरका संस्थाहरूलाई आधुनिक, नवप्रवर्तनशील र सुरक्षित डिजिटल भविष्य निर्माण गर्न सक्षम बनाउँदै आएको छ। एडब्लुएस प्रिमियर टिएर सर्भिसेज पार्टनरको रूपमा जेनेसले विभिन्न क्षेत्रका संस्थाहरूलाई क्लाउड ट्रान्सफर्मेसन र व्यवसाय आधुनिकीकरणका लागि परामर्श दिँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण