इन्डोनेसियाको सुमात्रा टापुमा बाढी–पहिरोले १० जनाको मृत्यु
सारांश
- इन्डोनेसियाको सुमात्रामा बाढी र पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ, भने अरु ६ जना बेपत्ता छन्।
- मनसुनी वर्षाले नदीको बाँध भत्काउँदा सिबोल्गा शहरमा पाँच जनाको शव फेला परेको छ, र तीन जना घाइते भएका छन्।
- पहिरोले घरहरू ध्वस्त पारेको छ, जसमा एकै परिवारका चार जनाको मृत्यु भएको छ, र बाढीले हजारौं घर डुबानमा परेका छन्।
जर्कार्ता । इन्डोनेसियाको सुमात्रा टापुमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोले कम्तीमा १० जनाको मृत्यु भएको छ । अरू छ जना बेपत्ता रहेको बताइएको छ ।
गत हप्ताको मनसुनी वर्षाले नदीको बाँध भत्काएको प्रहरीले बुधबार एक विज्ञप्तिमा भनेको छ । बुधबारसम्म, उद्धारकर्मीहरूले सबैभन्दा बढी प्रभावित शहर सिबोल्गाबाट कम्तीमा पाँच जनाको शव निकालेका छन् । अरू तीन जना घाइतेलाई अस्पताल पुर्याएको विज्ञप्तिमा भनिएको छ ।
छिमेकी जिल्लामध्ये तपानुलीमा पहिरोले धेरै घरहरू ध्वस्त बनाएको छ । त्यहाँ एकै घरपरिवारका चार जनाको मृत्यु भएको बताइएको छ । बाढीले लगभग २ हजार घर र भवनहरू डुबानमा परेको बताइएको छ ।
दक्षिण तपानुली जिल्लामा बाढी र पहिरोका कारण एक जनाको मृत्यु भएको र अर्का एक जना घाइते भएका छन् । विज्ञप्तिका अनुसार मन्डेलिङ नताल जिल्लामा एउटा पुल भत्किएको छ, ४७० घरहरू डुबानमा परेको छ । हिलो र माटोको थुप्रोले नियास टापुको मुख्य सडक अवरुद्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण