आगजनीमा कांग्रेस, एमाले र माओवादीकै युवा नेता संलग्न, पाँच जना पक्राउ
सारांश
- विराटनगरमा जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेहरूमा राजनीतिक दलका कार्यकर्ताहरू छन्, जसलाई 'अपराधिक उपद्रव' मुद्दा चलाइने तयारी छ।
- प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको सूची तयार पारेर पक्राउ गर्ने अभियान सुरु गरेको छ।
विराटनगर । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विराटनगरका सरकारी कार्यालयमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा आवास पौडेल, अरुण साह, राजीव यादव, महेश नेपाल र ताजिम अन्सारी रहेका मोरङ प्रहरीको डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । पक्राउ परेकाहरू प्रमुख राजनीतिक दलमा आबद्ध कार्यकर्ता हुन् । जसमध्ये पौडेल नेपाली कांग्रेस, साह नेकपा एमाले र अन्सारी तत्कालीन माओवादी निकट रहेको बताइएको छ ।
पक्राउ परेका पाँचै जनालाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । उनीहरूमाथि ‘अपराधिक उपद्रव’ मुद्दा चलाउने प्रहरीको तयारी छ । यसका लागि सोमबार मोरङ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।
भदौ २४ गते भएको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड तथा आगजनी गर्नेहरूको प्रहरीले सूची नै तयार पारेको छ ।
सोही सूची र अभियानअन्तर्गत प्रहरीले घटनामा संलग्नहरूलाई पक्राउ गर्न सुरु गरेको हो । यसअघि पनि प्रहरी चौकी र गाडीहरूमा आगजनी गरेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण