१० बजे १० समाचार : कांग्रेसले महाधिवेशनको मिति तोक्यो, मधेसका मुख्यमन्त्रीले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने
आज २०८२ मंसिर १५ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा कांग्रेसको १५औँ महाधिवेशनको मिति तोकियो, मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश, बालेन शाहलाई पितृशोक, सर्वोच्चद्वारा भूमि आयोग खारेजीको निर्णय बदर, नेपाली कम्युनिस्ट पार्टीले कोशीमा गर्यो एकता सभा, नेपाल एयरलाइन्सका चालक दलका सदस्य दोहामा पक्राउ लगायत छन् ।
१. कांग्रेसको १५औँ महाधिवेशनको मिति तोकियो
नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विवाद सल्टाउँदै नेपाली कांग्रेसले १५औँ महाधिवेशनको मिति तोकेको छ । पुस २६ देखि २८ सम्म १५औँ महाधिवेशन गर्ने निर्णयमा कांग्रेस पुगेको हो ।
२. मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले आदेश दिएको छ ।
३. बालेन शाहलाई पितृशोक
काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र (बालेन) शाहलाई पितृशोक परेको छ । उनका बुबा रामनारायण शाहको सोमबार निधन भएको हो ।
४. सर्वोच्चद्वारा भूमि आयोग खारेजीको निर्णय बदर
सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेजीको निर्णय बदर गरिदिएको छ । सरकारले गत असोज २३ गते भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो ।
५. नेपाली कम्युनिस्ट पार्टीले कोशीमा गर्यो एकता सभा
नेपाली कम्युनिस्ट पार्टीले आइतबार कोशी प्रदेशव्यापी एकता सभा आयोजना गरेको छ । विराटनगरमा आयोजित सभालाई पार्टीका विभिन्न शीर्ष नेताले सम्बोधन गरेका थिए ।
६. नेपाल एयरलाइन्सका चालक दलका सदस्य दोहामा पक्राउ
नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो ।
७. प्रगतिशील लोकतान्त्रिक पार्टीको १४ बुँदे सर्कुलर
गतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो अध्यक्ष परिषद्को विस्तारित बैठकका निर्णयहरू कार्यान्वयन गर्न १४ बुँदे विशेष परिपत्र (सर्कुलर) जारी गरेको छ । अध्यक्ष परिषद्की अध्यक्ष दुर्गा सोवको अध्यक्षतामा मंसिर १२ गते काठमाडौँको तिनकुनेमा सम्पन्न बैठकले गरेका निर्णयहरूलाई समेट्दै पार्टीले आज देशभरका कमिटीहरूलाई सर्कुलर पठाएको हो ।
८. मन्त्रिपरिषदको बैठकले गर्यो यस्तो निर्णय
सोमबार मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने, ५ लाखभन्दा माथिको आर्थिक कारोबार बैंकमार्फत गर्नेजस्ता निर्णय गरेको हो ।
९. टेबल चलाउने समूहबाटै क्यासिनोमा लुटपाट
बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा सञ्चालित प्राइड क्यासिनो त्यहाँ टेबल चलाउने समूहबाटै लुटिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
१०. नेपाल राष्ट्र बैंकको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ । समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण