हेटौँडा सडक विस्तारबारे कमल थापा भन्छन्– ‘बाइपास नै उत्तम विकल्प हो’
सारांश
- राप्रपा नेपालका अध्यक्ष कमल थापाले हेटौँडामा सडक विस्तारको विरोध गर्दै मुआब्जा बिना घर भत्काउन नहुने बताए।
- उनले घना बस्तीमा राजमार्ग बनाउनुको सट्टा बाइपासको विकल्प खोज्नुपर्ने र जनताको निजी सम्पत्तिमा हस्तक्षेप गर्न नहुने बताए।
- थापाले अघिल्लो सरकारको बाइपास बनाउने निर्णय कार्यान्वयन नहुँदा हेटौँडावासीले समस्या भोग्नुपरेको आरोप लगाए।
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले हेटौँडा बजार क्षेत्रमा सडक विस्तारका नाममा घरहरू भत्काउन लागिएको विषयमा आपत्ति जनाएका छन् ।
उनले मुआब्जा बिना जनताको निजी सम्पत्तिमाथि हस्तक्षेप गर्न नहुने भन्दै बाइपास कै उत्तम विकल्प भएको बताएका छन् । सडक विस्तारको विरोधी नभए पनि घना बस्तीको बिचबाट राजमार्ग लैजानु तर्कसङ्गत नहुने उनको भनाइ छ ।
थापाले महेन्द्र राजमार्ग बन्नु अगाडि नै हेटौँडाको मुख्य बजार बसिसकेकाले ती संरचनालाई अतिक्रमण भन्न नमिल्ने स्पष्ट पारे । थापाले २०७४ सालमा देउवा नेतृत्वको सरकारले बजार क्षेत्रमा १६–१६ मिटर सडक कायम गर्ने र रातोमाटे–राप्ती खोला हुँदै सामरीसम्म बाइपास बनाउने निर्णय गरेको स्मरण गराए ।
आफ्नो चुनावी पराजयपछि उक्त निर्णय दबाइएको र स्थानीय जनप्रतिनिधिले सशक्त आवाज उठाउन नसक्दा अहिले हेटौँडावासीले यो नियति भोग्नुपरेको उनको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण