१२ बजे १२ समाचार: ओलीलाई नेता व्यवस्थापनमा सकस, एनपीएलमा ‘प्लेअफ’ को समिकरण पुरा
सारांश
- एमाले महाधिवेशन नजिकिँदै गर्दा कोशी प्रदेशबाट सचिव पदका लागि नेताहरूको प्रतिस्पर्धा बढेको छ।
- नेपाली कांग्रेसले १४औँ महाधिवेशनको मिति तोकेसँगै पार्टीमा चुनावी माहोल तातेको छ, र कार्यकर्ताहरू अधिवेशनको तयारीमा जुटेका छन्।
- लुम्बिनी लायन्सले एनपीएल टी-२० क्रिकेटको प्लेअफमा स्थान बनाएको छ, भने जनकपुरसहित चार टोली बाहिरिएका छन्।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. एमाले महाधिवेशन
नेकपा (एमाले) को ११ औँ महाधिवेशन नजिकिँदै गर्दा कोशी प्रदेशबाट पदाधिकारी, विशेष गरी सचिव पदमा दाबी गर्ने नेताहरूको लर्को देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश समेत रहेको कोशीबाट ‘हेभीवेट’ नेताहरूले सचिवमा दाबी गरेपछि नेतृत्वलाई व्यवस्थापनमा सकस पर्ने देखिएको छ ।
२. नेपाली कांग्रेसको १४ औँ महाधिवेशन
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति तोकिएसँगै पार्टी पङ्क्तिमा चुनावी सरगर्मी बढेको छ । लामो समयको अन्योल चिर्दै कांग्रेस केन्द्रीय कार्यालयले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका सार्वजनिक गरेसँगै केन्द्रदेखि गाउँ–गाउँसम्मका कार्यकर्ताहरू अधिवेशनको तयारीमा जुटेका छन् ।
३. एनपीएल
लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो । योसँगै साविक विजेता जनकपुर, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिएका छन् ।
४. मुख्यमन्त्रीमा यादव
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त भएका छन् । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
५. प्रहरीको मनोबल
जेनजी प्रदर्शनमा आन्दोलनकारीले देशभरका प्रहरी कार्यालयमा आगजनी गरे । प्रहरीको आन्तरिक प्रतिवेदन अनुसार आगजनीमा प्रहरीका ७४ वटा भवन पूर्ण रूपमा जले भने २ सय २ वटा भवन आंशिक रूपमा जलेका छन् ।
६. बालुवाटार बैठक
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन बोलाइएको सर्वपक्षीय बैठकमा दलहरूले आ–आफ्नै समस्या र गुनासा राखेका छन् । करिब चार घण्टा भएको छलफलमा दलका नेताहरूले
७. नीति नियम
बुधबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी साधनमा इन्धन प्रणाली फेरबदल गर्न पाउने व्यवस्था सहितको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्यो । हाल सञ्चालनमा रहेका जैविक इन्धनयुक्त सवारीलाई इलेक्ट्रिक भेहिकल (ईभी) मा रूपान्तरण गर्न पाउने उक्त व्यवस्था गर्न मन्त्रालयले सूचना प्रकाशन गरेको हो ।
८. इन्ट्रान्स
नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक को बन्छ भन्ने चर्चाबिच कनिष्ठलाई जिम्मेवारी दिने चलखेल सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा वरिष्ठतम् कर्मचारीलाई छाडेर वैकल्पिक नामबारे छलफल भएको हो ।
९. गाउँगाउँमा चन्दा उठाएर अलपत्र कमला पुल बनाउने अभियानमा रामरिझन
यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो देखिन्छ । साइकलमा माइक राखेर गाउँगाउँ डुल्दै कमला पुल निर्माणका लागि आह्वान गरिरहेका छन् एक व्यक्ति । ‘१४ वर्षदेखि निर्माण हुन नसकेको धनुषा–सिरहा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदीको पुल अब जनस्तरबाट नै निर्माण गर्नुपर्छ’ भन्दैछन् । भोलि (शनिबार) कमला नदीमा आउन आह्वान गरिरहेका छन् ।
१०. निर्वाचन
निर्वाचन आयोगले आगामी चुनावमा प्रत्यक्षतर्फको उम्मेदवारीमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले शुक्रबार दलहरूका नाममा यस्तो निर्देशन जारी गरेको हो ।
११.अनियमितता
उदयपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा व्यापक आर्थिक अनियमितता र बेथिति भएको घटना सार्वजनिक भएपछि प्रदेश स्वास्थ्य मन्त्रालयले कार्यालय प्रमुखसहित तीन जना कर्मचारीलाई तत्कालै सरुवा गरेको छ ।
१२. खजुरीको ‘पफ’ अखाद्य, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालि’ द्वारा उत्पादित ‘पफ’ गुणस्तरहीन पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले नियमित बजार अनुगमनका क्रममा सङ्कलन गरेको उक्त पफको नमुना प्रयोगशालामा परीक्षण गर्दा, त्यसमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’को मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भेटिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण