भक्तपुरमा योमरी उत्सव तथा खाना महोत्सव सम्पन्न
सारांश
- भक्तपुरमा योमरी उत्सव र खाना महोत्सव सम्पन्न भयो, जसमा स्थानीय परिकारहरूको प्रदर्शनी थियो।
- महोत्सवमा स्वदेशी र विदेशी पर्यटकको घुइँचो लाग्यो, जसले स्थानीय संस्कृतिलाई प्रवर्द्धन गर्यो।
- नगरपालिकाले कला, संस्कृति र सम्पदालाई जोडेर पर्यटक आकर्षित गर्ने लक्ष्य राखेको छ।
भक्तपुर। भक्तपुर नगरपालिकाले शनिबार यहाँ योमरी उत्सव, खाना महोत्सव, स्थानीय उत्पादनको प्रदर्शनी एवं सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
भक्तपुरको सूर्यमढीबाट नगरप्रमुख सुनिल प्रजापतिले शुभारम्भ गरेका योमरीको विभिन्न परिकारसहितको सांस्कृतिक र्यालीले नगरका विभिन्न क्षेत्र परिक्रमा गरी दत्तात्रयमा आएर महोत्सवमा परिणत भएको थियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेको एक दिने महोत्सवमा स्थानीय परिकारको स्वाद लिन स्वदेशी तथा विदेशी पर्यटकको भीड लागेको थियो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेले भक्तपुर नगरपालिका आफैँमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व बोकेको सहर रहेको बताउँदै यहाँको इतिहास, सम्पदा, सांस्कृतिक नाचलगायतले पर्यटकलाई आकर्षित गरिरहेको उल्लेख गरे ।
नगरप्रमुख प्रजापतिले कला, संस्कृति, सम्पदा र परिकारलाई जोडेर पर्यटकलाई आकर्षित गर्न नगरपालिकाले यस प्रकारको कार्यक्रम आयोजना गरेको बताए । यसले स्थानीय परिकार, कला, संस्कृतिको पहिचान बढाउन र व्यावसायिक रूपमा यहाँका परिकारको प्रवर्द्धन गर्न टेवा पुग्ने उनको भनाइ थियो ।
महोत्सवमा सहभागी हुन उपत्यकाका विभिन्न जिल्ला र विभिन्न ठाउँबाट आन्तरिक पर्यटककोसमेत घुइँचो लागेको थियो । नगरपालिकाले दत्तात्रयलगायत स्थानमा यामरी प्रदर्शनी, सल्ला गणेश, क्वाठण्डौँ, सूर्यमढी, जेलाँलगायत स्थानमा खाना महोत्सव तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिएको छ । त्यस अवसरमा योमरी, बारा, चटामरी, जुजु धौ, मःमःलगायत विभिन्न स्थानीय परिकारको राखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण