शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

काँग्रेस क्रियाशील सदस्यता छानबिन समितिमा संस्थापनको बहुमतदेखि यूएईको भिसा खुल्यो तर सास्ती बढ्योसम्म

बिहीबार, २५ मङ्सिर २०८२, ०० : ००
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • यूएईले नेपालीका लागि श्रम र भिजिट भिसा पुनः सुचारु गरे पनि 'पुलिस रिपोर्ट' प्रमाणीकरणको नाममा आर्थिक भार थपिएको छ।
  • जेनजी जनआन्दोलनका माग सम्बोधन गर्न सरकार र आन्दोलनकारीबीच १० बुँदे सम्झौता भएको छ, जसमा प्रधानमन्त्रीको उपस्थिति थियो।
  • नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आगामी नेतृत्वका लागि केपी ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

काठमाडौँ ।  आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. वैदेशिक रोजगारमा बेथिति

संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीहरूका लागि केही समय रोकेको श्रम तथा भिजिट भिसा पुनः सुचारु गरेको छ। तर, भिसा खुलेसँगै रोजगारी र भ्रमणमा जाने नेपालीमाथि ‘पुलिस रिपोर्ट’ प्रमाणीकरणको नाममा नयाँ र महँगो आर्थिक भार थोपरिएको छ।

२. सरकार र जेनजीबिच सम्झौता 

गत भदौ २३ र २४ गते भएको ’जेनजी’ जनआन्दोलनका मागहरू सम्बोधन गर्ने भन्दै नेपाल सरकार र आन्दोलनकारी शक्तिबिच १० बुँदे विस्तृत सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र आन्दोलनका प्रतिनिधिहरूको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

 

३. क्रियाशील सदस्यता

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गरेका छन् । सहमहामन्त्री महेन्द्र यादवको संयोजकत्वमा गठित छानबिन समिति ५ सदस्य छ ।

४. एनपीएल

५. एमाले महाधिवेशन 

नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनको इतिहास आफैँमा गर्विलो छ । पार्टी एकता, नीति र नेतृत्वको हिसाबले उक्त महाधिवेशन ऐतिहासिक भएको चर्चा अहिले पनि राजनीतिक वृत्तमा चल्ने गरेको छ ।

नेकपा (एमाले) को ११औँ महाधिवेशन नजिकिँदै गर्दा बागमती प्रदेशबाट केन्द्रीय नेतृत्वमा ‘प्रमोसन’ हुन चाहने नेताहरूको भिड लागेको छ । 

६. चुनावमा मधेस केन्द्रित दल

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै मधेस केन्द्रित दलहरुमा ध्रुवीकरणको बहस अरू तीव्र बनेको छ । सकभर एकतामा जोड दिएका उनीहरुले विकल्पमा मोर्चाबन्दी र त्यो पनि हुन नसकेन सिटमा तालमेल गर्नेगरी अघि बढेका छन् । 

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, वृषेशचन्द्रलालको तराई–मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) र हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीबिच एकता हुने भएको छ ।

 ७. भारतको सन्देश

चारदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डेस्क हेर्ने अतिरिक्त सचिव मुनु महावरले नेपाल सरकारले तोकेकै समयमा चुनाव गराउनुपर्नेमा जोड दिएका छन्। उनले मंगलबार दिनभर गरेको उच्चस्तरीय भेटघाटमा सरकारलाई यही सन्देश दिएका हुन्। 

८. ईश्वरको यात्रा 

पूर्णकालीन राजनीतिमा लागेको ५० वर्षमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । २०३२ सालमा नेपाल कम्युनिस्ट पार्टीका पूर्णकालीन सदस्य भएका पोखरेलले अनवरत् रुपमा संस्थापनलाई साथ दिँदै आएका थिए । 

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका नेता ईश्वर पोखरेलले बुधबार आफ्ना कुरा राख्न प्रमुख सञ्चार माध्यमका सम्पादकहरूसँग साक्षात्कार गरे । 

९. लाचार मन्त्रालय

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कले देशभरका ७५३ स्थानीय तहमध्ये १५० वटामा प्रमुख प्रशासकीय अधिकृत नभएको देखाउँछ । अर्थात् रिक्त । भन्नुको अर्थ मुलुकका २० प्रतिशत स्थानीय तहमा प्रशासनिक सारथि नै छैनन् । 

१०. सत्ता फेरबदल

मधेस प्रदेशमा सत्ता समीकरणमा आएको फेरबदल र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘मधेसको प्रभाव अन्यत्र पनि फैलिने’ अभिव्यक्तिले यतिबेला कोशी प्रदेशको राजनीतिक वृत्तमा सामान्य चर्चा सुरु भएको छ । 

११. बर्दिया घटना 

बर्दियामा नागरिकता नपाउँदा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको समितिले बुधबार बर्दिया पुगेर काम सुरु गरेको छ ।

१२. गोलार्द्ध

भारतलाई सजाय हुने खालका अमेरिकी नीतिहरू सार्वजनिक हुँदै गर्दा गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नयाँ दिल्लीमा न्यानो स्वागत गरेका छन् । मोदीको सन्देश प्रस्ट थियो– भारत सार्वभौम शक्ति हो, उसलाई बलपूर्वक विश्वमा विद्यमान ‘पश्चिमा र बाँकी विश्वको’ बढ्दो ध्रुवीकरणमा कुनै एउटा पक्ष रोज्न लगाउन सम्भव छैन । भारत अन्तर्राष्ट्रिय मामलामा आफ्नै बाटो लिँदै अघि बढ्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप