सुडानमा विस्थापित बालबालिकाका लागि तत्काल सहायता आवश्यक: युनिसेफ
सारांश
- युनिसेफले सुडानमा द्वन्द्वका कारण विस्थापित बालबालिकाहरूलाई सुरक्षा दिन आह्वान गरेको छ।
- दार्फुर र कोरडोफान क्षेत्रमा भोकमरीको स्थिति रहेको र बालबालिकाहरू खाद्य, पानी र औषधीबाट वञ्चित छन्।
- युनिसेफले विस्थापित बालबालिकाहरूलाई सहयोग पुर्याउन विभिन्न प्रयासहरू गरिरहेको छ।
संयुक्त राष्ट्र सङ्घ। संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले सुडानमा द्वन्द्वका कारण विस्थापित लाखौं बालबालिकालाई सुरक्षा दिन तत्काल कदम चाल्न आह्वान गरेको छ । दार्फुर र कोरडोफान क्षेत्रका केही भागमा भोकमरीको स्थिति घोषणा भइसकेको छ । युनिसेफका अनुसार सुडानमा विस्थापित कुल मानिसमध्ये आधा बालबालिका छन् ।
विशेष गरी दार्फुर र कोरडोफानसहित पहुँच गाह्रो क्षेत्रका बालबालिका असुरक्षित छन्, किनभने उनीहरूलाई खाद्य, सफा पानी र औषधि प्रायः उपलब्ध छैन ।
युनिसेफ कार्यकारी निर्देशक क्याथरिन रस्सेलले भने, “सुडानका बालबालिका निरन्तर हिंसा, भोक र डरको बीचमा बाँचिरहेका छन् । महिलाहरूले यस सङ्कटको सबैभन्दा ठुलो भार बेहोर्दै छन् । उहाँहरूलाई सुरक्षा, सेवा र विश्वव्यापी समर्थन आवश्यक छ ।”
उत्तर दार्फुरमा हिंसाका कारण हजारौँ मानिस विस्थापित भएका छन् । बालबालिका प्रायः मानसिक स्वास्थ्य सहायता, लैङ्गिक हिंसाबाट सुरक्षा र अन्य आधारभूत सेवाबाट वञ्चित छन् । युनिसेफले विस्थापित बालबालिकालाई परिवारसँग पुनर्मिलन गर्नु, लैङ्गिक हिंसाबाट बचाउने सहयोग, मानसिक स्वास्थ्य समर्थन र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्ने जस्ता प्रयासहरू गर्दै आएको छ ।
संयुक्त राष्ट्र सङ्घले हिंसा तुरुन्त रोकिने आह्वान गर्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुन पालना गर्न र प्रत्येक बालबालिका र नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण