हुलाकी राजमार्ग अन्तर्गत मोहना नदी–दैजी सडकखण्ड निर्माणको ठेक्का तोडियो
सारांश
- कञ्चनपुरको मोहना नदी-डोकेबजार-बेलौरी-बेलडाँगी-दैजी सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ।
- निर्माण व्यवसायीले समयमा काम नगरेपछि हुलाकी राजमार्ग निर्देशनालयले ठेक्का तोडेको हो।
- ठेक्का तोडिएपछि निर्माण व्यवसायीको कार्यसम्पादन जमानत जफत हुने र कालोसूचीमा राख्न सिफारिस गरिनेछ।
काठमाडौँ । हुलाकी राजमार्ग अन्तर्गत कञ्चनपुरको मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ।
सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय धनगढीले बिहीबार बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौँसँग भएको ठेक्का सम्झौता अन्त्य गरेको सार्वजनिक सूचना जारी गरेको हो।
आर्थिक वर्ष २०७३/७४ मा सडक स्तरोन्नतिका लागि यो ठेक्का सम्झौता भएको थियो। करिब २० किलोमिटर लामो यो सडकमध्ये ५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी थियो र निर्माण प्रगति लगभग ८२ प्रतिशत पुगेको थियो।
योजना कार्यालय धनगढीका अनुसार पटकपटक ताकेता गर्दा पनि काम नगरेको, प्रतिबद्धता अनुसार काम अगाडि नबढाएको र साइट ठप्प बनाएका कारण ठेक्का तोडिएको हो। ठेक्का सम्झौता रद्द गरिएपछि निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिनेछ।
यसअघि, गत कार्तिक १४ गते योजना कार्यालय धनगढीले ठेक्का किन नतोड्ने भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधेको थियो। निर्माण व्यवसायीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद कानुनको व्यवस्था अनुसार ठेक्का रद्द गरिएको हो।
निर्धारित अवधिमा काम सम्पन्न गर्न नसकेको, काम सम्पन्न गर्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि कार्यालयमा उपस्थित नभएको र काम सुचारु गर्नेतर्फ तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्घन भएको जनाइएको छ।
ऐनको प्रावधान अनुसार कार्य सम्पादन जमानत वापतको रकम जफत हुनेछ। बाँकी काम पूरा गर्न लाग्ने रकम सरकारी बाँकी सरह असुल उपर गरिनेछ र निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ।
कार्यालयले हालसम्म अद्यावधिक भएको र बाँकी कामको नापजाँच मूल्याङ्कन गरी वित्तीय फरफारक गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्माण व्यवसायीलाई अनुरोध गरेको छ। निर्माण व्यवसायी उपस्थित नभएमा कार्यालय आफैँले नापजाँच गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण