पूर्वगृहमन्त्री रमेश लेखकमाथि छुट्टै अनुसन्धान हुने
सारांश
- अख्तियारले पूर्व गृहमन्त्री रमेश लेखकमाथि छुट्टै अनुसन्धान गर्ने भएको छ।
- भिजिट भिसा प्रकरणमा घुस रिसवत र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको छ।
- तत्कालीन गृहमन्त्रीका निजी सचिव र स्वकीय सचिवसँगको सम्पर्कको आधारमा अनुसन्धान हुनेछ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि छुट्टै अनुसन्धान गर्ने भएको छ । भिजिट भिसा प्रकरणमा अख्तियारले घुस रिसवत र सम्पत्ति शुद्धीकरणमा दुई छुट्टाछुट्टै अभियोगमा तत्कालीन विमानस्थल अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले त्यतिबेलाका गृहमन्त्री रमेश लेखकको हकमा भने छुट्टै अनुसन्धान गर्नुपर्ने भनी अभियोग पत्रमा उल्लेख गरेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।
प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको निवेदनसाथ प्राप्त भएको डायरी तथा नेपाल टेलिकमबाट प्राप्त सीडीआर विवरणबाट तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारी तथा स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको खुल्न आएको सन्दर्भमा निज प्रतिवादी तीर्थराज भट्टराईको तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन विभागका महानिर्देशक, तत्कालीन शान्ति सुरक्षा हेर्ने महाशाखाका प्रमुखसँग गैरकानुनी रकम लेनदेन भएको हुनसक्ने देखिएकोले वदनियतपूर्वक सेटिङ गरी भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुख, गृह मन्त्रालयका प्रशासन हेर्ने महाशाखाका प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृह सचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरू संलग्नताको सम्बन्धमा अनुसन्धान भइरहेको अभियोगपत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण