फ्राइडे रिलिज : ‘पीआर’ भर्सेज ‘लोकन्ती’
सारांश
- शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म 'पीआर' र 'लोकन्ती' देशभर प्रदर्शनमा आएका छन्।
- 'पीआर' ले अस्ट्रेलियाको पीआर प्राप्तिका लागि विद्यार्थीको संघर्ष र घरको पीडालाई कथा बनाएको छ।
- 'लोकन्ती' ले विवाहमा लोकन्ती राख्ने परम्परामा आधारित पारिवारिक प्रेम कथा प्रस्तुत गर्छ।
काठमाडौँ । आज शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म ‘पीआर’ र ‘लोकन्ती’ देशभर प्रदर्शनमा आएका छन् । ‘फ्राइडे रिलिज’ अन्तर्गत एकैदिन प्रदर्शनमा आए पनि यी दुई फिल्मले फरक विषयवस्तु र कलाकार लिएर दर्शकलाई आकर्षित गर्ने प्रयास गरेको छ । यद्यपि, यी दुवै फिल्मले देशभरका फिल्म हल भने पाएको छैन । किनभने केही पुरानो नेपाली र विदेशी फिल्महरूले अझै हलहरू ओगटिरहेका छन् । ‘पीआर’को निर्देशन शोभित बस्नेतले गरेका छन् भने ‘लोकन्ती’को निर्देशक रञ्जित राना रहेका छन् ।
‘पीआर’
नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र (पीआर) प्राप्त गर्नका लागि कतिको सङ्घर्ष गर्नुपर्छ र घरको पिरले कसरी सताउँछ भन्ने कुरालाई फिल्मको कथाको रूपमा उठाएको छ । अस्ट्रेलिया र नेपालमा सुटिङ भएको फिल्म सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।
फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलको अभिनय छ । फिल्ममा विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी नेपाल र दिक्पाल कार्कीलाई देख्न सकिन्छ ।
रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुति रहेको फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालको लगानी छ । बन्दे प्रसादको सम्पादन, गणेश बुढाथोकीको लेखन रहेको फिल्म आरआर फिल्मस्ले वितरण गरेको हो । फिल्मको बुधबार बेलुका प्रिमिएर समेत भएको थियो । कलाकर्मी र रंग पत्रकार माझ भएको प्रिमिएरमा फिल्मलाई अधिकांशले मन परेको प्रतिक्रिया दिएका थिए ।
‘लोकन्ती’
विवाहमा बेहुलीसँग लोकन्ती राख्ने र केही दिनका लागि बेहुलीको घरमै लोकन्ती पठाउने परम्परामाथि बनेको फिल्म हो ‘लोकन्ती’ । फिल्मले पारिवारिक र प्रेम कथा भन्छ । कृशन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सन्तोष न्यौपाने हुन् ।
फिल्ममा यसराज, ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभा लगायतको मुख्य भूमिका छ । काजी लिम्बुको लेखन रहेको फिल्ममा संगीत विकास चौधरी, छायाङ्कन रोनिश तामाङ च्याङ्बा र सम्पादन गौतमराज खड्काको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण