भिजिट भिसा प्रकरणमा अनुसन्धानमा परेपछि तानिए म्याग्दीका सीडीओ तिवारी
सारांश
- भिजिट भिसा दुरुपयोग आरोपमा अनुसन्धानमा तानिएपछि म्याग्दीका सीडीओ बद्रीप्रसाद तिवारीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ।
- उनलाई मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ भने रवीन्द्र आचार्यलाई म्याग्दीको सीडीओमा पठाइएको छ।
- अख्तियारले भिजिट भिसा सेटिङ प्रकरणमा अनुसन्धान गरिरहेको छ र यसमा तिवारीको संलग्नता रहेको आरोप छ।
काठमाडौँ । भिजिट भिसा दुरुपयोग आरोपमा अनुसन्धानमा तानिएपछि म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीप्रसाद तिवारीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । उनलाई म्याग्दीको सीडीओबाट फिर्ता बोलाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्दप्रसाद काफ्लेले जानकारी दिए ।
उनलाई अहिले मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको मन्त्रालयको कर्मचारी शाखाले जानकारी दिएको छ । तिवारीलाई तानेर म्याग्दीको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका प्रमुख तथा मन्त्रालयका सूचना अधिकारी उपसचिव रवीन्द्र आचार्यलाई पठाइएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
तिवारीमाथि भिजिट भिसा सेटिङ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । तिवारी निवर्तमान गृहमन्त्री रमेश लेखकको निजी सचिव थिए । यसअघि मोरङ र काठमाडौँको सहायक सीडीओ बनेका आचार्य मनाङ र ताप्लेजुङको सीडीओ भएर काम गरिसकेका छन् ।
तत्कालीन गृहमन्त्री लेखकको निजी सचिव रहेकै बेलामा भिजिट भिसा प्रकरण सतहमा आएपछि तिवारी म्याग्दीको सिडिओ भएर गएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्सिर २५ गते विशेष अदालतमा दायर गरेको भिजिट भिसा सेटिङसम्बन्धी आरोपपत्रमा तिवारीमाथि अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।
त्यो प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण