मधेसका मुख्यमन्त्री यादवले पुस ४ मा विश्वासको मत लिने
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते (शुक्रबार) विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाउन उनले प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् ।
सात दलको समर्थनमा नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेता यादव मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
गत कात्तिक २४ गते बिहान पाँच बजे बर्दिवासको एक होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले संविधानको धारा १६८ को ३ बमोजिम नियुक्त हुँदा कांग्रेससहित सात दलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि सनुवाइ गर्दै सर्वोच्च अदालतले मंसिर १५ गते २४ घण्टाभित्र तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत लिन आदेश दिएको थियो । विश्वासको मत लिन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम अर्को सरकार गठनका लागि परमादेश जारी गरेको थियो ।
यादवले विश्वासको मत लिन नसकेपछि संविधानको धारा १६८ को उपधारा २ अनुसार यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण