१० बजे १० समाचार : रविको ओली लक्षित टिप्पणीदेखि मधेसको सभामुखमा यादव विजयीसम्म
आज मिति २०८२ साल पुस महिनाको ६ गते आइतबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. रास्वपाको केन्द्रीय समिति बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसेको छ । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने जेलबाट धरौटीमा छुटेपछि पहिलो पटक बैठक बसेको हो ।
२. समयमै चुनाव हुनेमा दलहरुको आशंका
समयमै चुनाव हुनेमा विभिन्न राजनीतिक दलहरुले आशंका व्यक्त गर्दै आएका छन् । तर सरकारले भने निर्वाचन गराउन चट्टान झै दृढ रहेको बताउँदै आएको छ ।
३. प्रधानमन्त्री र रवि लामिछानेबिच भेटवार्ता
प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइबार साँझ उनीहरूबिच भेटवार्ता भएको हो ।
४. देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा
जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
५. नेपाली कांग्रेस
नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले आफ्नो काम पूरा गर्न नसक्दा घोषित मितिमा महाधिवेशन हुन नसक्ने अवस्था आएको जिकिर गरेको छ ।
६. कांग्रेसका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर
विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जनाले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छन् । पार्टीका शीर्ष तहका नेताले भने पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन् ।
७. ८ सीडीओको एकैपटक मन्त्रालय बाहिर सरुवा
मन्त्रिपरिषद्को पुस ३ गते बिहीबार बसेको बैठकले ६० सहसचिवको सरुवा गर्ने निर्णय गर्यो । त्यसमध्ये गृह मन्त्रालय अन्तर्गतका १३ सहसचिवको अन्य मन्त्रालयमा सरुवा भयो । सरुवा हुनेमा ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)पनि छन् ।
८. मधेसको सभामुखमा रामअशिष यादव विजयी
मधेस प्रदेशसभाको सभामुखमा रामअशिष यादव विजयी भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन भएको थियो ।
९. खुलामञ्च सर्वसाधारणका लागि खुला
बन्द भएको करिब एक दशकपछि खुलामञ्चलाई काठमाडौं महानगरपालिकाले आइतबारबाट फेरि सर्वसाधारणका लागि खुला गरेको छ । विश्व ध्यान दिवसको अवसर पारेर महानगरपालिकाले विद्यार्थी, युवा र जनप्रतिनिधिहरूको उपस्थितिमा औपचारिक कार्यक्रम गर्दै खुलामञ्चलाई सार्वजनिक प्रयोगका लागि खुला गरेको गरेको हो ।
१०. थाइल्याण्ड–म्यानमारमा अलपत्र नेपाली
गेमको नाममा अनलाइन स्क्यामिङका लागि थाइल्याण्ड, म्यानमार पुर्याइएका नेपालीहरू अलपत्र परिरहेका छन् । तीमध्ये कतिपयलाई सरकारले उद्धार गरेर ल्याइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण