स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
आइतबार, १३ पुस २०८२, २२ : ३४
सारांश
- विराटनगर १५ बाट स्रोत नखुलेको ६ लाख नगद सहित एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा विराटनगर ६ का ४९ वर्षीय अरबिन्द्र अग्रवाल रहेका छन्।
- प्रहरीले उनलाई भारतबाट आउँदै गरेको कारबाट रकम सहित पक्राउ गरेको हो।
मोरङ । विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको नगद ६ लाख रुपैयाँ सहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर ६ बस्ने ४९ वर्षीय अरबिन्द्र अग्रवाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०४–००१ च ०१६४ नम्बरको कारमा सवार उनलाई रकम सहित पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण