टी-२० विश्वकपका लागि इंग्ल्याण्डको प्रारम्भिक टोली घोषणा
सारांश
- इंग्ल्याण्ड क्रिकेट बोर्ड (ईसीबी) ले सन् २०२६ को टी-२० विश्वकपको लागि प्रारम्भिक टोली घोषणा गर्यो।
- ह्यारी ब्रुकलाई विश्वकप टोलीको कप्तान नियुक्त गरिएको छ, जसमा जोफ्रा आर्चर पनि समावेश छन्।
- श्रीलंकाविरुद्धको शृङ्खलाका लागि पनि टोली घोषणा गरिएको छ, तर आर्चर भ्रमणमा जाने छैनन्।
काठमाडौँ । इंग्ल्याण्ड क्रिकेट बोर्ड (ईसीबी) ले सन् २०२६ मा हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि आफ्नो प्रारम्भिक टोली घोषणा गरेको छ। विश्वकपअघि तयारीको रूपमा हेरिएको श्रीलङ्काविरुद्धको एकदिवसीय र टी-२० शृङ्खलाका लागि पनि बोर्डले टोली सार्वजनिक गरेको हो।
विश्वकप टोलीको कप्तानी ह्यारी ब्रुकलाई सुम्पिएको छ। १५ सदस्यीय यस टोलीमा तीव्र गतिका बलर जोश टङले पनि स्थान बनाएका छन्। टङले अहिलेसम्म अन्तर्राष्ट्रिय सीमित ओभरको क्रिकेटमा डेब्यु गरेका छैनन्। विश्वकप टोलीमा जोस बटलर, साम करन, फिल साल्ट र आदिल रसिद जस्ता अनुभवी खेलाडीहरू समावेश छन्।
लामो समय चोटका कारण मैदान बाहिर रहेका तीव्र गतिका बलर जोफ्रा आर्चरलाई पनि विश्वकप टोलीमा समेटिएको छ। यद्यपि, उनी श्रीलङ्का भ्रमणमा भने जाने छैनन्।
विश्वकपका लागि घोषित इंग्ल्याण्डको टोलीमा ह्यारी ब्रुक (कप्तान), रेहान अहमद, जोफ्रा आर्चर, टम ब्यान्टन, ज्याकोब बेथेल, जोस बटलर, साम करन, लियाम डसन, बेन डकेट, विल ज्याक्स, जेमी ओभरटन, आदिल रसिद, फिल साल्ट, जोश टङ र ल्यूक वुड रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण