ड्रोन र क्षेप्यास्त्र बिक्रीमा अमेरिकाले गर्यो कडाइ
सारांश
- अमेरिकाले इरानको ड्रोन र क्षेप्यास्त्र कार्यक्रमसँग जोडिएका १० व्यक्ति र कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ।
- नयाँ प्रतिबन्धहरू इरानमाथि संयुक्त राष्ट्रसङ्घ (यूएन) ले लगाएको प्रतिबन्धलाई सुदृढ पार्ने उद्देश्यले लगाइएको हो।
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न अधिकतम दबाब अभियान सुरु गरेका थिए।
वासिङ्टन डीसी । अमेरिकाले ड्रोन र ब्यालिस्टिक मिसाइल (क्षेप्यास्त्र) को बिक्रीमा कडाइ गरेको छ । अमेरिकाले इरानको ड्रोन र क्षेप्यास्त्र कार्यक्रमसँग जोडिएका कथित नेटवर्कविरुद्ध कदम चाल्दै इरान र भेनेजुएलाका १० व्यक्ति र कम्पनीहरूमाथि नयाँ प्रतिबन्ध लगाएको हो । ती व्यक्ति र कम्पनीका गतिविधिले अमेरिका र उसका मध्यपूर्वी सहयोगीहरूको सुरक्षामा गम्भीर खतरा निम्त्याउने ट्रम्प प्रशासनले बताएको छ ।
अमेरिकी अर्थ मन्त्रालयका अनुसार यी प्रतिबन्धहरू इरानमाथि संयुक्त राष्ट्रसङ्घ (यूएन) ले पुनः लगाएको प्रतिबन्धहरूलाई सुदृढ पार्ने उद्देश्यले गरिएको हो । अमेरिकाको मनासय इरानको आणविक र सैन्य कार्यक्रमहरूमा आर्थिक दबाब बढाउनु रहेको छ । आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी इरानले बारम्बार गर्दै आएको छ ।
नयाँ प्रतिबन्धको सूचीमा इरानबाट ड्रोन किनेको आरोप लगाइएको भेनेजुएला कम्पनी र यसको अध्यक्ष पनि समावेश छन् । तीन इरानी नागरिकहरूलाई ब्यालिस्टिक क्षेप्यास्त्रहरूमा प्रयोग हुने रसायनहरूको खरिदमा संलग्न भएको आरोप लगाइएको छ । अमेरिकाले पहिले नै प्रतिबन्ध लगाइसकेको होल्डिङ कम्पनी रायन फ्यान ग्रुपसँग सम्बन्धित इरानमा बस्ने कयौँ व्यक्ति र कम्पनीहरूलाई पनि निशाना बनाएको छ ।
फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अधिकतम दबाब अभियान पुनः सुरु गरेका थिए । यसको उद्देश्य इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु थियो ।
पछिल्लो हप्ता फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको कुराकानीको क्रममा ट्रम्पले आफ्नो आणविक कार्यक्रमलाई पुनर्जीवित गर्ने प्रयास गरेमा अमेरिकाले थप सैन्य कारबाही गर्न सक्ने चेतावनी इरानलाई दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
-
९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
-
प्रत्यक्ष जलमार्गको सम्बन्धको सम्भावना खोज्दै बङ्गलादेश र माल्दिभ्स
-
सुनसरीमा संयुक्त रूपमा सुरक्षा योजना निर्माण र परिचालन गर्ने निर्णय
-
‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
-
विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण