स्विट्जरल्यान्डकाे स्विस स्की रिसोर्टमा विस्फोट, कयौँको मृत्यु
बिहीबार, १७ पुस २०८२, १२ : २७
बर्न । स्विट्जरल्यान्डको स्की रिसोर्ट क्रान्स–मोन्टानाको बारमा विस्फोट हुँदा धेरै जनाको मृत्यु भएको छ । अरु धेरै घाइते भएको प्रहरीले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
स्थानीय समय अनुसार विष्फोट ०१ः३० बजे कन्स्टेलेसन बारमा विस्फोट भएको बीबीसीलाई दिएको एक विज्ञप्तिमा प्रहरीले भनेको छ ।
सामाजिक सञ्जालमा प्रसारित अप्रमाणित फुटेजमा नयाँ वर्षको पूर्वसन्ध्या मनाइँदै गर्दा बारमा आगो लागेको देखाइएको छ । प्रभावित परिवारका लागि हेल्पलाइन स्थापना गरिएको प्रहरीले जनाएको छ ।
क्रान्स–मोन्टाना स्विस अल्प्सको मुटुमा अवस्थित एक विलासी स्की रिसोर्ट शहर हो । यो स्विस राजधानी बर्नबाट लगभग दुई घण्टा टाढा छ । क्रान्स–मोन्टाना रिसोर्ट पयर्टकमाझ निकै चर्चित स्की रिसोर्ट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण