भारतमा हुने टी–ट्वान्टी विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली घोषणा
सारांश
- दक्षिण अफ्रिकाले २०२६ को टी-२० विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ, जसको नेतृत्व एइडेन मार्करमले गर्नेछन्।
- टोलीमा कागिसो रबाडा पुनरागमन गरेका छन् भने क्विन्टन डिकक र एनरिच नोर्त्जे पनि समावेश छन्।
- दक्षिण अफ्रिका समूह डी मा परेको छ, जहाँ अफगानिस्तान, न्यूजिल्याण्ड, क्यानडा र युएईसँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट २०२६ का लागि दक्षिण अफ्रिकाले आफ्नो टोली सार्वजनिक गरेको छ । भारतमा यसै वर्ष फेब्रुअरीबाट सुरु हुने विश्वकपमा दक्षिण अफ्रिकाको नेतृत्व अलराउण्डर एइडेन मार्करमले गर्नेछन् ।
घोषित टोलीमा लामो समय चोटका कारण बाहिर रहेका कागिसो रबाडा पुनरागमन गरेका छन् । साथै विकेटकिपर–ब्याट्सम्यान क्विन्टन डिकक र तीव्र गतिका बलर एनरिच नोर्त्जे पनि टोलीमा समावेश छन् ।
सन् २०२४ को टी–ट्वान्टी विश्वकप फाइनल खेलेका केही खेलाडी मात्र यस पटक टोलीमा अटाएका छन्। सो विश्वकपमा महत्वपूर्ण भूमिका खेलेका हेनरिख क्लासेन अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका छन् भने रियाजा हेन्ड्रिक्स, रायन रिकेल्टन र ट्रिस्टन स्टब्स यस पटक टोलीबाट बाहिर परेका छन् ।
विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’ मा परेको छ। यस समूहमा उसले अफगानिस्तान, न्यूजिल्याण्ड, क्यानडा र संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्नेछ। अघिल्लो संस्करणमा फाइनलसम्म पुगे पनि भारतसँग पराजित हुँदै दक्षिण अफ्रिका उपविजेतामा सीमित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण