जति सक्दो छिटो घर फर्किन्छु: भेनेजुएलाकी विपक्षी नेता माचादो
सारांश
- भेनेजुएलाकी विपक्षी नेता मारिया कोनिर्या माचादोले छिट्टै स्वदेश फर्किने योजना बनाएकी छिन्।
- अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई समातेर लगेपछि माचादोको यो प्रतिक्रिया आएको हो।
- माचादोले देशकी अन्तरिम राष्ट्रपति डेल्सी रोद्रिगेजको खुलेर विरोध गर्दै उनलाई भ्रष्टाचारको योजनाकारको आरोप लगाएकी छिन्।
काराकस । भेनेजुएलाकी विपक्षी नेता मारिया कोनिर्या माचादो सकेसम्म छिटै स्वदेश फर्किने योजनामा छिन् । राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाले समातेर लगेपछि भेनेजुएलामा अन्तरिम राष्ट्रपतिले शपथ ग्रहण गरेकै समयमा माचादोको यो प्रतिक्रिया आएको हो । सप्ताहन्तको घटनापछि सामाजिक सञ्जालमा पोष्ट गरेकी माचादोको यो पहिलो सार्वजनिक अभिव्यक्ति हो ।
‘म जतिसक्दो छिटो भेनेजुएला जाने योजनामा छु’ अज्ञात स्थानबाट फक्स न्युजसँग कुराकानी गर्दै उनले भनिन् । माचादोले देशकी अन्तरिम राष्ट्रपति डेल्सी रोद्रिगेजको खुलेर विरोध गरेकी छिन् । मादुरोको शासनमा यातना, उत्पीडन भ्रष्टाचार र लागूऔषध तस्करीको मुख्य योजनाकारमध्ये उनी पनि एक भएको माचादोको भनाइ छ । रोद्रिगेज मादुरोको सरकारमा उपराष्ट्रपति थिइन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा दोस्रो आक्रमण गरेर रोद्रिगेजको हालत पनि मदुरोको जस्तै बनाइदिने चेतावनी दिएपछि रोद्रिगेजले अमेरिकासँग सहकार्य गर्ने सङ्केत गरेकी थिइन् ।
रोद्रिगेजलाई भेनेजुएली जनताले अस्वीकार गरेको अनि मतदाताहरू विपक्षीको पक्षमा भएको पनि माचादोले बताइन् । खुला र निष्पक्ष मतदानमा आफूहरूले ९० प्रतिशत मतसहित जित्ने कुरामा आफूलाई कुनै शंका नभएको पनि माचादोले स्पष्ट पारेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण