काठमाडाैँ । नेपाली कांग्रेस विभाजित अवस्थामा पुगेको छ । शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधर तीन नेतालाई कारबाही गरेसँगै पार्टी विभाजनको अवस्थामा पुगेको हो ।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ । आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका हुन् । विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
नयाँ कार्यसमितिअन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् । त्यस्तै, दुई महामन्त्रीमा प्रदिप पौडेल र गुरु राज घिमिरे छन् । सह–महामन्त्रीमा समावेशी संरचनाअनुसार विभिन्न समूहबाट प्रतिनिधित्व गरिएको छ ।
महिला सह–महामन्त्रीमा डा. डिला संग्रौला पन्त चयन भएकी छन् । दलिततर्फ प्रकाश रसाईली स्नेही, आदिवासी जनजाती तर्फ बहादुर सिंह लामा, खसआर्यतर्फ उदय शम्शेर राणा, मधेशीतर्फ मुक्ता कुमारी यादव, मुस्लिमतर्फ फर्मुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रतर्फ कर्ण बहादुर बुढा सह–महामन्त्री बनेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल चयन भएका छन् । कांग्रेसको विशेष महाधिवेशनबाट बुधबार राति घिमिरे र पौडेल सर्वसम्मत निर्वाचित बनेका हुन् ।
विशेष महाधिवेशनबाट सभापति भने गगन थापा चयन भएका छन् । शेरबहादुर देउवा समूहको सहभागिता बिनै कांग्रेसको विशेष महाधिवेशन भएको हो । देउवा समूहले गगन सहित तीन नेतालाई आजै कारबाहीको घोषणा गरेको थियो ।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । बुधबार संस्थापन पक्षले पार्टीका प्रमुख पदाधिकारीहरूलाई निष्कासन गरेको केही घण्टाभित्रै विशेष महाधिवेशन पक्षले नयाँ कमिटी सार्वजनिक गरेको हो । बुधबार राति सम्पन्न निर्वाचन र सहमतिको प्रक्रियाबाट खुलातर्फका ३५ जना केन्द्रीय सदस्यहरू चयन भएका छन् ।
चयन भएका सदस्यहरूमा अनुभवी नेता गोपालमान श्रेष्ठ र ओमकार प्रसाद श्रेष्ठ रहेका छन् भने प्रभावशाली नेता अर्जुन नरसिंह के.सीको उपस्थिति सुनिश्चित भएको छ। त्यस्तै, काठमाडौँका प्रभावशाली नेता राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी र भरत शाह पनि खुलातर्फबाट केन्द्रीय सदस्यमा चुनिएका छन् ।
विशेष महाधिवेशनको हलले मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, र देवराज चालिसेलाई पनि केन्द्रीय सदस्यमा समेटेको छ । यसैगरी उद्योगपति एवं सांसद विनोद चौधरीले पनि गगन थापाको समूहबाट केन्द्रीय सदस्यमा स्थान पाएका छन् । उनीसँगै मोहन आचार्य, उज्वल बराल, जनक गिरी, र देव प्रसाद तिमिल्सिना पनि नयाँ कार्यसमितिमा अटाएका छन् । अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा र जगत जोशी पनि केन्द्रीय सदस्य बनेका छन् ।
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । यस्तै, पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन मार्फत पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमिति अनुसार पार्टीको सभापतिमा गगन थापा चयन भएका छन् यस्तै, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत भएका छन् । त्यस्तैमहामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका हुन् ।
महाधिवेशनबाट कांग्रेसले सहमहामन्त्रीहरू पनि निर्विरोध निर्वाचित गरेको छ । जसअनुसार महिला कोटाबाट डिला संग्रौला पन्त, खस आर्यबाट उदयशमशेर राणा, मधेसी कोटाबाट मुक्ता कुमारी यादव र दलित कोटाबाट प्रकाश रसाइली (स्नेही) सहमहामन्त्रीमा चयन भएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका ५ प्रदेश सभापति र ४८ जिल्ला सभापतिहरूले पार्टीलाई विभाजनतर्फ धकेल्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आम कार्यकर्ता र शुभचिन्तकहरूलाई अपिल गरेका छन् । बुधबार एक सामूहिक विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीको आन्तरिक एकता र विधानको सर्वोच्चतालाई जोगाउन आह्वान गरेका हुन् ।
उनीहरूले पार्टी यति बेला इतिहासकै अत्यन्त संवेदनशील र कठिन मोडमा उभिएको उल्लेख गर्दै नेताहरूले कांग्रेसलाई सशक्त, अनुशासित र एकताबद्ध बनाउनु पर्नेमा जोड दिएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भइसकेको र नियमित महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक भइसकेको अवस्थामा ‘विशेष महाधिवेशन’ का नाममा भइरहेका गतिविधिलाई उनीहरूले विधान विपरीत ठहर्याएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विशेष महाधिवेशनको नाममा विधान विपरीत गतिविधि गर्दै पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास आम लोकतन्त्रवादी, नेपाली कांग्रेसका शुभचिन्तक तथा समग्र मुलुकको हितमा नरहेको यथार्थ स्पष्ट छ।’
काठमाडौँ । नेपाली कांग्रेस प्रस्ट रूपमा दुई भागमा विभक्त देखिएको छ । शेरबहादुर देउवा नेतृत्वको समूह एकातिर छ भने गगन थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर अर्कोतिर उभिएको छ ।
विशेष महाधिवेशन आयोजना भएपछि कांग्रेसभित्र चर्किंदै गएको विभाजनको रेखा बुधबार दिउँसो अझ पराकिलो भएको हो । सभापति देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वप्रकाशसहित तीन पदाधिकारीलाई पार्टीबाट निष्कासित गर्यो ।
महामन्त्रीद्वय थापा र शर्माका अतिरिक्त सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरिएको हो । तीन पदाधिकारीमाथि कारबाहीको डन्डा चलाउने क्रममा केन्द्रीय कार्यसमितिले विशेषाधिकार प्रयोग गरेको छ ।
काठमाडौँ । एउटै विषयमा सहमति नजुट्दा नेपाली कांग्रेस फुटेको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा कार्यसम्पादन समितिको बैठकबाट वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेका सभापति शेरबहादुर देउवा पक्षधर र डा. शेखर कोइराला नेतृत्वको इतर समूहबिच एउटा विषयमा मात्रै कुरा नमिल्दा पार्टी फुटेको कांग्रेस नेताहरू बताउँछन् ।
त्यो विषय हो–सभापति शेरबहादुर देउवा फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार बन्ने कि नबन्ने ? संस्थापन र डा. शेखर कोइराला समूहले पार्टीको जिम्मेवारी नलिएपछि निर्वाचन लड्न पाउनुपर्ने अडान राखिरहेका छन् ।
तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा त्यो प्रस्ताव मान्न तयार नभएपछि पार्टी विभाजनको अवस्था आएको हो । यसबारे संस्थापन समूहले केन्द्रीय कार्यसमितिको बैठकबाट आफूहरूलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेपछि भृकुटीमण्डपको हलमा धारणा राख्ने क्रममा थापाले केही कुरा सार्वजनिक गरेका थिए ।
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । बुधबार राति संशोधित कार्यतालिका प्रकाशित गरिएको हो ।
निर्वाचन समितिका अनुसार संशोधित कार्यतालिका अनुसार राति १० बजेसम्म उम्मेदवारको प्रथम नामावली प्रकाशित हुने जनाइएको छ ।
त्यस्तै, १०: १५ देखि १०ः ३० सम्म उम्मेदवारीमाथि दावी विरोध, १०ः ३० देखि १०ः ४५ सम्म उम्मेदवारीमाथिको दाबी विरोधको छानबिन, ११ बजे उम्मेदवारीमाथिको दाबी विरोधको छानबिन पश्ताच पुनः नामावली प्रकाशन रहेको छ ।
विराटनगर । नेपाली कांग्रेस विभाजनतिर अघि बढेको छ । संस्थापन समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई कारबाही गरेको छ भने महामन्त्रीद्वयकै पहलमा बोलाइएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।
योसँगै अब कांग्रेसको आधिकारिकताको विवाद सुरु हुनेछ । पार्टीको झन्डा र चुनाव चिह्न कसको हुने भन्ने विषय निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने निश्चितजस्तै छ ।
यही सन्दर्भमा विशेष महाधिवेशनस्थलमा रहेका कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोसँग हामीले कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :
विराटनगर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले बुधबार पार्टीका दुई निर्वाचित महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरमाथि गरेको कारबाहीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र विधानको सर्वोच्चतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।
पार्टी सदस्यता समेत नरहने गरी गरिएको यो कठोर निर्णय विधानको प्रक्रिया र ‘प्राकृतिक न्यायको सिद्धान्त’ विपरीत देखिएको दाबी कानुनविद् र पार्टीभित्रका विधान पक्षधर नेताहरूले गरेका छन् ।
केन्द्रीय समितिले विधानको धारा ३४ को उपधारा १ र धारा ५० को उपधारा ५ लाई आधार मानेर यो कारबाही गरेको बताएको छ, तर विधानका अनुसार यो निर्णय प्रक्रियामै त्रुटि देखिन्छ ।
काठमाडौँ । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा पक्षका तरुण दलले पहरा दिएको छ ।
कारबाहीमा परेका गगन थापा, विश्वप्रकाश शर्माको समूहले पार्टी कार्यालय कब्जा गर्ने भयले तरुण दलका नेता कार्यकर्ताहरू पार्टी कार्यालयमै आगो तापेर बसेका छन् ।
दाेस्राे विशेष महाधिवेशन काठमाडाैँकाे भृकुटीमण्डपमा जारी छ । अबकाे केही समयमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घाेषणा गरिने एक नेताले बताए ।
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले विशेष महाधिवेशनको बन्दसत्रले केन्द्रीय कार्यसमिति विघटन गरिसकेको अवस्थामा महामन्त्रीहरूमाथि गरिएको कारबाहीको कुनै कानुनी हैसियत नहुने बताएकी छन् । बुधबार भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संस्थापन पक्षका महामन्त्रीहरूमाथि गरिएको भनिएको कारबाहीलाई 'औचित्यहीन' संज्ञा दिइन् ।
भुसालका अनुसार महाधिवेशनको पहिलो दिनकै बन्दसत्रले पार्टीको केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिसकेको छ । यसरी कार्यसमिति नै अस्तित्वमा नरहेको अवस्थामा कसैलाई स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार कुनै निकायसँग सुरक्षित नरहेको उनले स्पष्ट पारिन् । बन्दसत्रले पार्टीको नयाँ नीति पारित गर्दै नेतृत्वलाई बिदाइ गरिसकेकाले अब केन्द्रीय कार्यसमितिको नाममा हुने कुनै पनि निर्णयलाई महाधिवेशन प्रतिनिधिहरूले मान्यता नदिने उनको जिकिर छ ।
उनले विधानको हवाला दिँदै भनिन्, ‘केन्द्रीय कार्यसमिति विघटन भइसकेपछि त्यसले आफ्नो कानुनी र राजनीतिक औचित्य गुमाइसकेको हुन्छ । यस्तो स्थितिमा गरिएको कारबाहीको कुनै वैधता हुँदैन र यो विधानसम्मत पनि छैन ।’ विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेर पार्टीलाई आगामी निर्वाचनतर्फ केन्द्रित गर्ने उनको भनाइ छ ।
काठमाडाैँ । नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले पार्टी फुटेको नभई नेतृत्व मात्र परिवर्तन हुन लागेको बताएका छन् । बुधबार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नेता राणाले यस्तो बताएका हुन् ।
उनले आउँदो निर्वाचनमा सबै वर्गको माग र मुद्दाहरु बोकेर जनतामाझ जानुपर्ने आवश्यकताको आधारमा विशेष महाधिवेशन आयोजना गरिएको बताए ।
उनले विशेष महाधिवेशनले चयन गर्ने नेतृत्वलाई निर्वाचन आयोगले वैधानिकता दिने बित्तिकै पार्टीमा देखिएका सबै समस्याहरु हल हुने जिकिर पनि गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले शेरबहादुर देउवा पक्षले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई कारबाही गर्ने अधिकार नै नराख्ने टिप्पणी गरेका छन् ।
बुधवार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नेता केसीले विशेष महाधिवेशनको बन्दसत्रबाट कार्यविधि पारित भएकै दिन निवर्तमान केन्द्रीय समिति स्वतः विघटन भइसकेको भन्दै उसले कुनै पनि प्रकारको कारबाही गर्न कानुनी हैसियत नराख्ने टिप्पणी गरे।
उनले जारी विशेष महाधिवेशन नै पार्टीको वैधानिक थलो भएको दाबी गर्दै सम्पूर्ण निर्णय यही प्रक्रियाअन्तर्गत हुने बताए। उनले विशेष महाधिवेशनको हलबाट पार्टीको सभापति तथा अन्य पदाधिकारी घोषणा गरी सभापतिको हस्ताक्षरसहित पदाधिकारीको विवरण निर्वाचन आयोगमा पेस गरिने जानकारी दिए ।
काठमाडौँ । आन्तरिक विवादका कारण नेपाली कांग्रेस अन्तत: विभाजन भएको छ । विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयनको पक्षमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई शेरबहादुर देउवा पक्षले कारबाही गरेपछि औपचारिक रुपमा कांग्रेस विभाजन भएको हो । लगत्तै विशेष महाधिवेशन पक्षधरले सभापति, महामन्त्रीसहितको नयाँ नेतृत्व चयन गरेका छन् ।
बुधबार नै देउवा पक्षले तीन नेतालाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा बुझाइसकेको छ । उता विशेष महाधिवेशन पक्षधरले मंगलबार नै भृकुटीमण्डपमा महाधिवेशन चलिरहेको आयोगलाई जानकारी गराइसकेको बुधबार मात्र खुलासा भएको छ ।
२००६ सालमा स्थापना भएको कांग्रेसले यो तेस्रो पटक फुट व्यहोर्नु परेको हो । पार्टी स्थापना भएको चार वर्ष बित्न नपाउँदै बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबिचको टकरावले २००९ सालमा पहिलो पटक कांग्रेस विभाजन भएको थियो । त्यसपछि २०५९ सालमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाका कारण फुटेको कांग्रेस अहिले २३ वर्षपछि पनि देउवाकै कारण फुट्न पुगेको छ ।
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलमा नेतृत्व परिवर्तनको एजेन्डा भुसको आगोसरी फैलिएको थियो । एमालेमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको नाममा त्यो आवाज दबाउने प्रयास गरे । कार्यकर्तालाई दबाएपनि जनताले ओलीको त्यो शैलीको मूल्यांकन निर्वाचनमार्फत कसरी गर्छन् त्यो हेर्न बाँकी नै छ ।
कांग्रेसमा भने नेतृत्व परिवर्तनको सवाल थप पेचिलो बन्यो । सभापति शेरबहादुर देउवालाई राजनीतिबाट ‘बाइबाइ’ गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन नै बोलाइयो । आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनमा देखिएको बहुमत महाधिवेशन प्रतिनिधिको चाहना स्पष्ट थियो— देउवाले पद छाडून् र नेतृत्वमा परिवर्तन होस् ।
तर, प्रतिनिधिहरूको यही चाहना र नेता–कार्यकर्ताको विश्वास विपरीत देउवाले पद छाड्ने घोषणा गर्न अस्वीकार गरे , बरु कारबाहीको डण्डा चलाएर कांग्रेसलाई विभाजन र अन्यौलताको भुमरीमा फसाएका छन् । नेतृत्व परिवर्तन र रूपान्तरण नै विशेष महाधिवेशन पक्षधरहरूको मूल माग थियो भन्ने बुझ्न गाह्रो छैन । देउवाको नेतृत्वमा कांग्रेस अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेकै कारण देशभरबाट कार्यकर्ता काठमाडौँ ओइरिएका थिए । उसो त जेनजी आन्दोलनयता नै देउवाको नेतृत्वमा चुनावमा जान नसकिने आवाज कांग्रेस वृत्तमा बलियो हुँदै आएको थियो । त्यही आवाजलाई बोकेर गगन-विश्वप्रकाश अघि बढेका थिए ।
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मामाथि सभापति शेरबहादुर देउवाले गरेको कारबाहीलाई अत्यन्तै मूर्खतापूर्ण र अवैध भएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गरेको विशेष महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्रिपाठीले विधानअनुसार महाधिवेशन नै पार्टीको सर्वोच्च निकाय भएको र यसले नेतृत्व परिवर्तन गर्ने पूर्ण अधिकार राख्ने बताए ।
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पाैडेल र गुरुराज घिमिरेलाई चयन गरेकाे छ ।
बुधबार विशेष महाधिवेशनबाट महामन्त्रीमा पौडेल र घिमिरेलाई चयन गरिएकाे कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ ।
बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय खारेज गरेको हो ।
कारबाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरूलाई निष्कासन गर्ने कांग्रेस पार्टी कसैको निजी कार्यालय नभएको बताए । उनले कहिदिनअघि विशेष महाधिवेशन सुरु हुँदै सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भङ्ग भइसकेको र यसको जानकारी निर्वाचन आयोगमा जानकारी गराइसकेको बताए ।
काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेलगत्तै काठमाडौंमा जारी विशेष महाधिवेशनस्थलमा आक्रोश पैदा भएको छ । विशेष महाधिवेशन पक्षधरले देउवा पक्षको विरोधमा चर्को नाराबाजी लगाउँदा स्वयं थापा र शर्माले कारबाही अर्थहीन भएको बताएका छन् ।
बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएको भनिएको महाधिवेशनस्थलबाटै शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भङ्ग भएको घोषणा गर्दै गगन थापालाई नयाँ सभापतिको रूपमा अघि सारिएको छ ।
केन्द्रीय समितिले कारबाही गरेलगत्तै महाधिवेशनस्थलमै पत्रकार सम्मेलन गगन थापाले देउवा पक्षको निर्णयलाई ‘वाहियात’ को संज्ञा दिए। उनले आफूहरूले आज बिहान मात्रै सभापति देउवाको निवासमा पुगेर सहमतिको प्रयास गरेको तर सुनुवाइ नभएको खुलासा गरे। थापाले आक्रोशित मुद्रामा भने, ‘यो कारबाहीको निर्णय र हिजोको प्रस्ताव दुवै वाहियात हुन्। कसैको मनमा केही होला, तर यो प्राइभेट कम्पनी होइन, जसले जसलाई मन लाग्यो निकाल्नलाई।’
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जीवनमा गज्जबको संयोग जुरेको छ । ८० वर्ष लामो इतिहास बोकेको कांग्रेस दुई पटक विभाजन हुनमा उनी आफैँ एक कारक बने ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गर्यो । निष्कासनसँगै पार्टी औपचारिक रूपमा विभाजनतर्फ धकेलिएको छ ।
विशेष महाधिवेशन पक्षधरले पार्टीसँग सहमति नगरी समानान्तर अभ्यास गरेको, अनाधिकृत महाधिवेशन घोषणा गरेको, समानान्तर निर्वाचन तालिका प्रकाशित गरेको र पार्टीलाई हानि नोक्सानी गरेको आधार देखाएर थापा, शर्मा र मन्सुरलाई पार्टीबाट निष्कासन गरेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले कारबाही गरेको समाचार बाहिरिए लगत्तै महामन्त्री गगन थापाले विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेर त्यसको कडा प्रतिवाद गरेका छन् । विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले गरेको कारबाहीलाई ‘प्राइभेट कम्पनीको निर्णय’ भन्दै सिधै खारेज गरिदिएका हुन्।
उनले २४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर र उपस्थितिले नै विशेष महाधिवेशनको वैधानिकता पुष्टि गरेको भन्दै अब सानेपामा बसेर देउवा पक्षले गर्ने कुनै पनि निर्णयको अर्थ नरहने जिकिर गरे ।
सम्बोधनका क्रममा निकै आक्रामक देखिएका थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले अन्तिम समयसम्म पनि पार्टी एकताका लागि संवाद गरिरहँदा देउवा पक्षले भने षड्यन्त्रपूर्वक अलमल्याउने रणनीति अपनाएको दाबी गरे।