गगन थापा सम्बोधन
गगन थापा समूह आधिकारिकता खोज्दै निर्वाचन आयोग जाने
बिहीबार, ०१ माघ २०८२, ०१ : ०४
सारांश
- गगन थापा समूहले नेपाली कांग्रेसको आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको छ।
- थापाले बिहीबार बिहान नेता कार्यकर्तालाई सम्बोधन गर्दै आयोग जाने जानकारी गराएका हुन्।
- उनले निर्वाचन आयोग कुनै अवैध शक्तिको प्रभावमा नपर्ने विश्वास व्यक्त गर्दै वैधानिकताको दाबी गरे।
काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूह बिहीबार आधिकारिकता खोज्दै निर्वाचन आयोग जाने भएको छ ।
सभापतिमा निर्वाचित भएसँगै बिहीबार बिहान नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले यसबारे जानकारी गराएका हुन् । उनले यसअघि नै पनि आयोगमा विशेष महाधिवेशनको विषयमा आयोगमा जानकारी गराइसकेको बताए । थापाले निर्वाचन आयोग कुनै अवैध शक्तिको प्रभावमा नपर्ने विश्वास व्यक्त गरे । उनले आफू नेतृत्वको कार्यसमिति नै कांग्रेसको वैधानिक समिति भएको जिकिर गर्दै आफूहरूले नै वैधानिकता पाउनुपर्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण