बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाले बेच्न सुरु भेनेजुएलाको तेल

बिहीबार, ०१ माघ २०८२, १२ : ४०
बिहीबार, ०१ माघ २०८२

सारांश

  • अमेरिकाले पहिलो पटक भेनेजुएलाको तेल बेचेको छ, जसको मूल्य ५० करोड डलर रहेको छ।
  • अमेरिकी सरकारले तेल बिक्रीबाट प्राप्त रकम आफ्नो नियन्त्रणमा राखेको छ, र आगामी दिनमा थप बिक्री हुने अपेक्षा छ।
  • राष्ट्रपति ट्रम्पले भेनेजुएलामा तेल उद्योगमा लगानी गर्ने योजना बनाएका छन्, तर अमेरिकी ऊर्जा कम्पनीहरूले यसमा शंका व्यक्त गरेका छन्।

वासिङ्टन डीसी । अमेरिकाले पहिलो पटक भेनेजुएलाको तेल बेचेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका एक अधिकारीले बताएको भन्दै सीएनएनले सो सम्बन्धी एक समाचार छापेको हो । 

सो समाचारका अनुसार ५० करोड डलर मूल्य बराबरको तेल बेचिएको छ । आगामी दिन तथा हप्ताहरूमा अरू तेल बिक्री हुने अपेक्षा छ । तेल बिक्रीसम्बन्धी थप विवरण आएको छैन । तर यसबाट आएको पैसा अमेरिकी सरकारको नियन्त्रणमा रहेको बैंक खातामा राखिएको बताइएको छ ।

यो महिनाको सुरुमा अमेरिकी सेनाले राजधानी काराकसमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेर मुद्दा चलाउन अमेरिका लगेको थियो । भेनेजुएलामाथि आफूले लगाएको प्रतिबन्धका कारण तेल बोक्ने जहाजहरूमा अलपत्र परेको तेल आफैँले बेच्ने अमेरिकाले घोषणा गरेको थियो ।

चौपट्ट भएको भेनेजुएली तेल उद्योगमा लगानी भित्र्याएर तेल बेच्ने योजना पनि ट्रम्पले घोषणा गरेका छन् । यसका लागि १ अर्ब डलर त्यहाँ लगानी भित्र्याउने दाउमा ट्रप रहेका छन् ।

भेनेजुएलकाे तेल विश्व बजारमा लैजाने प्रशासनको योजनामाथि अमेरिकी ऊर्जा कम्पनीले भने सन्देह गरेका छन् । हालै ह्वाइट हाउसमा ट्रम्पसँगको भेटघाटमा एक्जोन मोबिलका सीईओ ड्यार्रेन वूडज भेनेजुएलामा लगानी गर्नै नसकिने बताएका थिए । लगानी गर्नुअघि त्यहाँ कयौँ कानुनी र व्यावसायिक ढाँचाको विकास गरिनुपर्नेमा उनले जोड दिएका थिए । अन्य कम्पनीले पनि त्यहाँ लगानी गर्न अनिच्छा देखाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप