टी–२० विश्वकप : इटालीको टोली घोषणा, नेपालसँग मुम्बईमा भिड्ने
आइतबार, ०४ माघ २०८२, १६ : ५४
काठमाडौँ । इटालीले पहिलो पटक खेल्न लागेको आईसीसी टी–२० पुरुष विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
वेन म्याडसेनको कप्तानीमा इटालीले विश्वकप खेल्ने पक्का भएको हो । विश्वकपमा इटालीको यो डेब्यु सहभागिता हो ।
सार्वजनिक तालिकाअनुसार इटालीले आफ्नो पहिलो खेल फेब्रुअरी ९ मा कोलकताको इडेन गार्डेनमा बंगलादेशविरुद्ध खेल्नेछ । त्यस लगत्तै इटालीले आफ्नो दोस्रो खेलमा नेपालको सामना गर्नेछ । नेपाल र इटालीबीचको खेल फेब्रुअरी १२ मा मुम्बईमा हुने तय भएको छ ।
घोषित टोलीमा कप्तान म्याडसेनसहित मार्कस क्याम्पोपियानो, जियान पिएरो मिडे, जैन अली, अली हसन, क्रिशन जर्ज, ह्यारी मनेन्टी, एन्थोनी मोस्का, जस्टिन मोस्का, सैयद नकवी, बेन्जामिन मनेन्टी, जसप्रीत सिंह, जेजे स्मट्स, ग्रान्ट स्टिवार्ट र थोमस ड्राका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण