स्पेन रेल दुर्घटना
स्पेनमा दुई उच्च गतिको रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
सोमबार, ०५ माघ २०८२, ०५ : ४६
सारांश
- स्पेनमा दुई उच्च गतिको रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा २५ जना गम्भीर घाइते भएका छन्।
- मालागाबाट म्याड्रिड जाँदै गरेको रेल अर्को रेलसँग ठोक्किएपछि रेल सेवा स्थगित गरिएको छ।
काठमाडौँ । स्पेनको दक्षिणी भागमा दुई वटा उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना गम्भीर घाइते भएका छन् ।
स्पेनको रेल निकाय एडीआईएफका अनुसार आइतबार मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको एक उच्च गतिको रेल कोर्डोबाको एडामुज नजिक ट्र्याकबाट चिप्लिएर अर्को ट्र्याकमा पुगेको थियो । सोही क्रममा विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा दुवै रेल ट्र्याकबाट खसेका हुन् ।
स्पेनको गृह मन्त्रालयले हालसम्म कम्तीमा २१ जनाको मृत्यु पुष्टि गरेको छ । एन्डालुसिया क्षेत्रको आपतकालीन सेवाले २५ जना गम्भीर रूपमा घाइते भएको बताएको छ ।
दुर्घटनापछि एन्डालुसिया क्षेत्रबाट म्याड्रिडतर्फका रेल सेवा स्थगित गरिएको छ । कोर्डोबा, सेभिल्ला, मालागा र हुवेल्भाबाट चल्ने रेल सेवा कम्तीमा सोमबारसम्म बन्द रहने एडीआईएफले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण