चीनको कारखानामा विस्फोट, २ जनाको मृत्यु
सारांश
- उत्तरी चीनको एक स्टिल कारखानामा भएको विस्फोटमा कम्तीमा २ जनाको मृत्यु भएको छ।
- विस्फोटमा ८४ जना घाइते भएका छन् भने ५ जना अझै बेपत्ता छन् ।
- विस्फोटको कारण खुलेको छैन र यस सम्बन्धमा छानबिन सुरु भएको छ।
बेइजिङ । उत्तरी चीनको इनर मङ्गोलियास्थित बाओगाङ युनाइटेड स्टिल कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा २ जनाको मृत्यु भएको छ । यस घटनामा अरू ८४ जना घाइते भएका छन् ।
सरकारी सञ्चारमाध्यमका अनुसार ५ जना अझै बेपत्ता छन् । आइतबार दिउँसो स्थानीय समय अनुसार करिब ३ बजे विस्फोट भएको बताइएको छ ।
यो विस्फोट यति शक्तिशाली थियो कि आसपासका क्षेत्रमा समेत कम्पन महसुस भएको भनिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा आकाशतर्फ बाक्लो धुवाँ उडेको देखिन्छ । विस्फोटपछि कारखाना परिसरमा भग्नावशेष, भत्किएका छाना र पाइपहरू छरिएका छन् ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरू अस्पतालमा उपचाररत रहेको बताइएको छ । घटनाको कारण अहिलेसम्म खुलेको छैन । यस घटनामा सम्बन्धित निकायले छानबिन सुरु गरेको जनाएको छ । बाओगाङ युनाइटेड स्टिल चीनको सरकारी फलाम तथा इस्पात उद्योग हो ।
चीनमा बारम्बार औद्योगिक दुर्घटना हुने गरेका छन् । सन २०१५ मा तियानजिन बन्दरगाहमा भएका दुई ठुला विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो । गत वर्ष शान्दोङ प्रान्तको रासायनिक कारखानामा भएको विस्फोटमा ५ जनाको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण