इराकबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता
सारांश
- इराक सरकारले अमेरिकी सेनालाई देशका सबै सैन्य अड्डाबाट फिर्ता बोलाएको छ, तर कुर्दिस्तानमा भने सेना कायमै छ।
- अल-असद एयर बेसबाट अन्तिम अमेरिकी सैनिक समूह फिर्ता भएपछि, ती सबै संरचना अब इराकी सुरक्षा बलको नियन्त्रणमा आएका छन्।
- इराकमा अमेरिकी सेनाको उपस्थिति सन् २००३ को आक्रमणपछि उतारचढावपूर्ण रह्यो, र अहिले सल्लाहकारको भूमिकामा सीमित छ।
बगदाद । इराक सरकारले अमेरिकी सेना देशको सङ्घीय क्षेत्रभित्र रहेका सबै सैन्य अड्डाबाट पूर्ण रूपमा फिर्ता भइसकेको बताएको छ । यो निर्णय अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा भने लागू हुँदैन । यहाँ अमेरिकी सेना अझै तैनाथ छ ।
इराकको रक्षा मन्त्रालयका अनुसार पश्चिमी अनबार प्रान्तमा रहेको अल–असद एयर बेसबाट अन्तिम अमेरिकी सैनिक सल्लाहकार समूह पनि बाहिरिएको छ । यो अड्डा दुई दशकभन्दा बढी समयदेखि अमेरिकी सेनाको प्रमुख आधार रहँदै आएको थियो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इस्लामिक स्टेट (आईएस) विरुद्धको अमेरिकी नेतृत्वको गठबन्धनले संयुक्त अपरेसन कमान्ड मुख्यालय पनि छाडेको छ । अब ती सबै संरचना इराकी सुरक्षा बलको पूर्ण नियन्त्रणमा आएको छ ।
इराकी सरकारले सन् २०२३ मा अमेरिकी सेनालाई क्रमशः घटाउन आग्रह गरेपछि अमेरिकाले आफ्नो सैन्य उपस्थिति कम गर्दै आएको थियो । उत्तरी इराकको कुर्दिस्तान क्षेत्रमा रहेको एरबिल प्रान्तको हारिर एयर बेसमा अमेरिकी सेना अझै तैनाथ छ ।
कुर्दिस्तान क्षेत्र इराकी संविधानअनुसार अर्ध–स्वायत्त सङ्घीय इकाई भएकाले त्यहाँको सुरक्षा व्यवस्था केन्द्र सरकारको प्रत्यक्ष नियन्त्रणमा छैन ।
इराकमा अमेरिकी सैन्य उपस्थितिमा सन् २००३ को आक्रमणपछि ठुलो उतार–चढाव आइरहेको छ । एक समयमा अमेरिकाका १ लाख ७० हजार सैनिक इराकमा थिए । सन २०११ मा पूर्व राष्ट्रपति बाराक ओबामाले सेना फिर्ता गराएका थिए ।
तर, सन २०१४ मा आईएसविरुद्ध लड्न इराक सरकारको आग्रहमा करिब ५ हजार सैनिक पुनः तैनाथ गरिएको थियो । सन् २०२१ पछि अमेरिकी सेना लडाइँ भूमिकाबाट हटेर सल्लाहकार भूमिकामा सीमित रहँदै आएको थियो ।
इराकी रक्षा मन्त्रालयले अल–असद एयर बेसका खाली भवनहरूमा वरिष्ठ इराकी कमान्डरहरूले निरीक्षण गरिरहेको भिडियो पनि सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण